१२ वैशाखमा गएको विनासकारी भूकम्प र निरन्तरका सानाठूला पराकम्पनले क्षतविक्षत तुल्याएको एक महिनाअर्थात् १० जेठेदेखि नेकपा (एमाले) ले औपचारिक रूपमा राष्ट्रिय स्वयंसेवक परिचालन अभियान आरम्भ गर्यो । अभियान आज एक महिनासम्म निरन्तर जारी रह्यो । यो अभियानभर नेकपा (एमाले) नेपाली जनताका बीचमा व्यापक चर्चा र बहसको केन्द्र बनिरहेको छ । विपत् व्यवस्थापन गर्ने सन्दर्भमा सरकारको निरीहता, पीडित जनताको आक्रोश, विभिन्न सहयोगी संघ, संस्था र अन्तर्राष्ट्रिय समुदायबाट भइरहेको राहत, उपस्थितिको ओइरोको हल्लाखल्ला र सरकारको अव्यवस्थापन दलहरूप्रतिको आक्रोश र राजनीति पार्टीहरू अब पूर्णरूपमा असफल भइसकेको चर्चा चलिरहेको थियो ।
ठीक यसैबेला जेठ १३ गते नेकपा (एमाले) ले भृकुटीमण्डपबाट २४ जिल्लाका ६८ वटा निर्वाचन क्षेत्रमा काम गर्ने गरी अभियान संयोजक, टोली कमाण्डर र अनुगमनकर्ताको बिदाई समारोहको आयोजना गर्यौं । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले कमाण्डरहरूलाई हेलमेट र जकेट पहिराई दिएर बिदाई गरे त्यसपछि पनि विभिन्न ढंगले लख काटिदै थियो । राजधानीका विभिन्न स्थानमा चर्चा हुने गर्दथ्यो, मध्यम वर्गको बाहुल्यता भएको ? गुट फुटमा विभक्त र खाएका मोटाएका सुकिला मुकिला एमाले कहाँ गाउँमा गएर एक महिना काम गर्छन् हेरौंला नि ? यिनले अरुलाई देखाउन यो तामझाम गरेका छन्, यिनका एनजीओ, विजनेश व्यवसाय, मिटिङ, बैठक, अफिस जागिर छोडेर गर्लान् नि काम ? यस्तै खालका टिप्पणीहरू कानमा गुञ्जिरहन्थे तर के गर्यो एमालेले एक महिनामा ? यसका विषयमा चर्चा गर्ने कोशिस गरिएको छ ।
अभियानको पृष्ठभूमि
वैशाख १२ को विनासकारी भूकम्पकै भोलिपल्ट अर्थात् वैशाख १३ गते भूकम्पले जीर्ण पारेको पार्टी कार्यालयको चौरमा पार्टीको स्थायी समितिको बैठक भूकम्पका जोडदार कम्पनहरूसँगै बसी उद्धार र राहतको लागि प्रभावकारी परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउने मात्र होइन । पार्टीका महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा महाभूकम्प पीडित राहत तथा उद्धार केन्द्रीय समन्वय समितिको गठन गरी कार्यप्रारम्भ गर्यो । बैंक खाता खोली राहत संकलन गर्ने, भूकम्पको प्रभाव नपरेका तराईका जिल्लाहरूबाट खाद्यान्न संकलन गरी प्रभावित जिल्लाहरूमा वितरण गर्ने लगायतका कामहरू गर्दै आइरहेको थियो । नेकपा (एमाले)को पटक–पटकको ध्यानाकर्षणपछि सरकारले संसदबाट संकल्प प्रस्ताव प्रस्तुत गरी पारित समेत गरिसकेको थियो । यद्यपि, उद्धार र राहतका कामहरू पूरा भइरहेको थिएन, मनसुन नजिक आइरहेको थियो । ३०औं लाखको संख्यामा घरविहीन भएका जनतामा थप संकट टार्ने सम्बन्धमा सरकार र दाताहरूको मुख ताकेर बसिरहेका थिए ।
जेठ २२ गते बसेको पार्टी स्थायी समितिले पार्टीका सचिव तथा मोर्चा संगठनका प्रमुख गोकर्ण विष्टको संयोजकत्वमा सुरुमा ७५ र पछि विस्तार गरी २०५ सदस्यीय राष्ट्रिय स्वयंसेवक परिचालन समिति गठन गर्यो । गठन लगत्तै यसले सचिवालय निर्माण गर्यो । ‘नेपाली योजना अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्व हरेक नेपालीको हात’ भन्ने मूल नारा तय गर्यो र राष्ट्रिय स्वयंसेवक परिचालन अभियानको निर्देशिका र आचारसंहिता तयार गर्यो ।
स्वयंसेवक टिम फर्मेसन गरी जेठ ७ गते टोली संयोजक र कमाण्डरहरूको धोविघाटमा भेला गरी ओरेन्टेसन सञ्चालन गर्यो । यसका सम्पूर्ण प्राविधिक र बन्दोबस्तीको अन्तिम तयारी गर्यो र सिंगो पार्टी व्यवस्थित रूपमा राहत, पुनर्वास तथा पुनर्निर्माणको अभियानमा जुट्यो । र, स्वयंसेवकहरू जनताको वस्तीमा पुगेर पीडितहरूको पुनर्वास र राहतको काममा जुटे ।
अर्धसैन्य ढाचामा टिम फर्मेसन
पार्टी स्थायी कमिटीका सदस्यहरू अभियान चलाइरहेको प्रत्येक जिल्लाको अनुगमनकर्ता, प्रत्येक निर्वाचन क्षेत्रमा एकजना पोलिट्ब्युरो सदस्य वा केन्द्रीय सदस्य राजनीतिक संयोजक, केस/सभासद् वा जनसंगठनका प्रमुख मध्ये बाट एकजना कमाण्डर, प्रत्येक कमाण्डरको मातहत १०० जनाको टोली, सय जनामध्ये १०/१० जनाको टोलीमा एकजना टिम कमाण्डर राखेर टिम फर्मेसन गरिएको थियो । पहेंलो हेलमेट र रातो जर्सी या सजिएका हातमा ज्यावल बोकेका लाइनबद्ध भएर जिर्न घर भत्काई रहेका वा टहरा/स्कूल बनाइरहेका, पाल र टेन्टमा अस्थायी आवास बनाएका, आफ्नो दाल, चामल पकाएर खाँदै बिहान बेलुका लाइन लाएर हाजिर गर्ने, कामको विवरण फारम नियमित भर्ने हेर्दा अर्दशैन्य संरचनामा श्रम गर्ने ती अरु कोही नभएर नेकपा (एमाले)का नेता र कार्यकर्ताहरू थिए । केन्द्र वाट हटाईएका र स्थानिय गरी ८० हजार भन्दा बढि स्वयमसेवकहरू परीचालीत भएका थिए ।
२४ जिल्लाका ६८ क्षेत्र पहिलो केन्द्रविन्दू
भूकम्पका कारण गाउँ वस्तीहरू ध्वस्त भएका बेला जनताको छानो र मानो नै गुमेको बेला, सार्वजनिक स्थलहरू नै ध्वस्त भएको बेला, जनतामा आतंक, भय, त्रास कायम भइरहेको अवस्थामा सबैखाले चुनौतीहरूको सामना गर्दै पार्टीका स्वयंसेवकहरूले अद्धितीय साहस, ऊर्जा र उत्साहका साथ जनतासँग एकाकार भएर निम्न जिल्लाको क्षेत्र र गाउँहरूलाई मुख्य केन्द्रविन्दू बनाएर कामको थालनी गरेका थिए ।
१. सिन्धुपाल्चोक : क्षेत्र नं. १ को कर्थली, धुस्कुन, थुनथान, चोकटी, थुमपाखर र माम्खा । सिन्धुपाल्चोक–२ को सिता पोखरे र क्षेत्र नं. ३ को तारामाराङ र महाकाल गा.वि.स. ।
२. दोलखा : क्षेत्र नं. १ को मैनापोखरी, काबे्र, जिरी, नाम्दु, क्षेत्रर्पा र माबु । क्षेत्र नं. २ को लापिलाङ, सुनखानी र सिंगटी थिए ।
३. रामेछाप : मन्थली नगरपालिका, चिसापानी, ठूलीमदाचै, गेलु र टोकरपुर ।
४. सोलुखुम्बु : वासा, चौलाखर्क, भकाञ्जे र काकु ।
५. सिन्धुली : पोखरी, हरिहरपुरगडी, वासेश्वर, भद्रकाली, भीरगाउँ, दुम्जा, झाँगाझोली, रतनचुरा, खनियाखर्क र कमलामाई नगरपालिका वडा नं. १२ ।
६. ओखलढुंगा : कटुञ्जे, ककनी, श्रीचौर, गाम्नाङटार, पाहते, रागादीप, कोचघाट, हर्कपुर, टारकेवारी र पोकली ।
७. मकवानपुर : फापरवारी, हेटौंडा, उपमहानगरपालिका, थाहानगरपालिका, टिस्टुङ, नाम्टार र आग्रा ।
८. चितवन : सिद्धीकाउले, लोथर, दारेचोक र चेपा वस्तीहरू ।
९. धादिङ : सल्यानटार, आरुघाट, निलकण्ठ नगरपालिका, मुरलीभञ्ज्याङ र थाक्रे गाविस ।
१०. काठमाडौँ : क्षेत्र नं. १ र २ – कामनपा
त्रिपुरेश्वर, साँखु, नाङ्लेभारे र लप्सेफेदी ।
क्षेत्र नं. ३ – गोकर्णेश्वर नपा (पुरानो बालुवा गाविस) ।
क्षेत्र नं. ४ – बूढानीलकण्ठ नपा (पुरानो चुन्नीखेल र चपली गाविस) ।
क्षेत्र नं. ५ – बूढानीलकण्ठ नपा (पुरानो खड्का भद्रकाली, धापासी र टोखा गाविस) ।
क्षेत्र नं. ६ – झोर, फुटुङ, साङ्ला, मनमैजु, गोँगबु, काभे्रस्थली, कामनपा वडा नं. ३१ र २९ ।
क्षेत्र नं. ७ – जीतपुर, गोलढुङ्गा, बाइपास, बोहराटार, टौडल, इचङ्गुनारायण र रानीवन ।
क्षेत्र नं. ८ – स्वयम्भू, वसन्तपुर, सीतापाइला, ताहचल, चागल ।
क्षेत्र नं. ९ – कलंकी, भीमढुंगा, रामकोट, नयाँ नैकाप, स्यूचाटार, सुनारगाउँ, कङ्काली डाँडा र तीनथाना ।
क्षेत्र नं. १० – थानकोट, मातातीर्थ, शेषनारायण–फर्पिङ र कीर्तिपुर ।
११. ललितपुर – क्षेत्र नं. १– गोदामचौर, गोदावरी र चापागाउँ (बोहरागाउँ) ।
क्षेत्र नं. २ – लामाटार र लुभु ।
क्षेत्र नं. ३ – बुङ्मती र खोकना ( भोलिदेखि) ।
१२. भक्तपुर : क्षेत्र नं. १ – महामञ्जुश्री नगरकोट नगरपालिका
क्षेत्र नं. २ – मध्यपुर थिमी, चाँगुनारायण, सिरुटार, सूर्यबिनायक र अनन्तलिङ्गेश्वर नपा ।
१३. काभे्रपलाञ्चोक : क्षेत्र नं. ३ – देउपुर नयाँगाउँ, देउपुर गौरीबिसौना, काशीखण्ड नपा, मण्डनक्षेत्र, बिर्तादेउराली, सस्र्यंखर्क, पाँचखाल, साठीघर, फलाँटे, धुलिखेल, रविओपी, देवीटार, खरेलथोक, र कोशीदेखा ।
१४. लमजुङ : सुन्दर बजार नपा (पुरानो परेवाडाँडा गाविस) र गौँडा गाविस ।
१५. गोरखा : अस्राङ, धावा, नारेश्वर, गाइखुर, आरुआरबाङ, गार्खु र केराबारी ।
१६. नुवाकोट : गणेशस्थान, खानीगाउँ, कल्याणपुर, बुधसिङ, काउले, मदनपुर, बेल्कोट, नर्जामण्डप, चारघरे र थानसिङ ।
१७. रसुवा : भोलेटार लामाचेप ।
जिल्लास्तरीय स्वयम्सेवक टोलीहरू परिचालित भई निम्न जिल्लामा निर्माण कार्य भइरहेको छ :
१८. तनहँ : बन्दीपुर, वसन्तपुर, पुर्कोट, ब्यास नपा, केशवटार, साबुङ, रिसिङ, शुक्लगण्डकी नपा, घिरिङ, गजुरकोट, राईपुर र अरुणोदय ।
१९. स्याङ्जा : पञ्चमुल, थुमपोखरा, बजीभञ्ज्याङ, सेरबाम र साखर ।
२०. पर्वत : देउपुर, बाजुङ, राम्जा, चित्रे, रानीबास, देउलीबास, घोर्ले र पाखापानी ।
२१. बागलुङ : रेस, सिङ्गाना, बाग्लुङ नपा, बिनामारे र मल्म ।
२२. गुल्मी : धुर्कोट रजस्थल, नयाँगाउँ, जैसीथोक, वामिटक्सार, रिमुवा, आँपचौर, पूर्तिघाट, फोक्सिङ, भुर्तुङ र खड्गकोट ।
२३. पाल्पा : सहलकोट, झिरुबास, अर्चले, रिङनेरह, गल्दा, चिलुवा, कोलडाँडा, ख्याहा, अर्गली र ठिमुरे ।
२४. भोजपुर : दोभाने, खाटम्बा, कुदाकाउले र चौकीडाँडा ।
उपरोक्त स्थानहरूलाई केन्द्र बनाई सञ्चालन गरेको नेकपा (एमाले)को यस अभियानले सिंगो नेपाल राष्ट्रलाई भावनात्मक रूपमा एकताबद्ध गरेको छ । तराई मधेसका कमरेडहरू सोलु ओखलढुंगा, धादिङ, रसुवा र सिन्धुपाल्चोक जस्ता हिमाली जिल्लाका जनताका अस्थायी घर र स्कूलका टहरा बनाउने काम गरेका छन् । कपिलवस्तु र नवलपरासीबाट आएका स्वयंसेवकहरूले रसुवासँग मितेरी गाँसे, रुकुम, रोल्पा, प्यूठान र दाङबाट आएका स्वयंसेवकले दोलखासँग गहिरो भावना साटे र गहिरो छाप छोडे, कञ्चनपुर, बारालगायतको जिल्लाले नुवाकोटमा काम गरेर आफूलाई स्थापित गरे । सुनसरी, धनकुटा, रूपन्देही, कैलाली र बाँकेको टिमले धादिङमा काम गर्यो । सुर्खेत, झापा, प्यूठान र दाङको अर्को टिमले सिन्धुपाल्चोकमा काम गर्यो, उत्पीडित मुक्ति समाजको छुट्टै टिम बनेर ललितपुरमा, मुश्लिम इत्तेहादले भक्तपुरमा जुन मेहनतका साथ काम ग¥यो, यो अभियानले जाति, जनजाति, भाषा, धर्म र सांस्कृतिक विभेदका अनेकौं पर्खालहरूलाई तोडिदिएको छ । एक अर्काको दुःखमा एकाकार हुने नेपाली परम्परा आज पुनः एकपटक उजागर भएको छ ।
नेपाली मन, नेपाली धन र नेपाली परिश्रम भन्ने पौरखी विरासतलाई यो अभियानले सार्थक बनाएको छ । एमालेका स्वयंसेवकहरूको लगनशीलता र मेहनत देखेर अन्तर्राष्ट्रिय समुदायसमेत चकित भएको छ । रुकुम र रोल्पाको टिमले दोलखामा गरेको काम हेरेर फर्किएका नेपाली सेनाका अधिकृतले अनुगमनमा गएका एमाले, नेताहरूलाई भनेछन्– ‘हजुर म चीनमा तालिम लिएको यस्तो काम गर्न कि त मैले चिनियाँ लालसेना देखेको थिएँ, त्यसपछि दोस्रोपटक यहाँ तपाईंको स्वयंसेवक देखें’– यो टिप्पणीले स्वयंसेवकहरूको लगनशीलता, पराश्रम र मेहनतलाई प्रष्ट गर्दछ ।
परिचय बदल्यो एमालेले
वर्गीय रूपले मध्यम वर्ग हावी हुन थालेको, पुँजीपति वर्गले एक खालको पकट कायम गर्न खोजेको । पटक–पटक सरकारमा बसेको, खातापिता देखिने नेताहरू, अधिकांश पेसा, व्यवसायमा संलग्न भएका कार्यकर्ताहरू लेनिनवादी संगठनात्मक सिद्धान्तका पर्खालहरू विस्तारै भत्काउँदै मास पार्टीमा रूपान्तरण हुन खोजेको पार्टी र यसका सुकिला मुकिला कार्यकर्ता कसरी एउटै आह्वानका भरमा चेन अफ कमाण्डमा कसरी परिचालित होलान् ? के यिनले गाउँमा गएर धुलो माटोमा काम गर्लान् ? पार्टी कार्यालयले बोकाएर पठाएको चामल, दाल, नुन, तेल, पार्टीले दिएकै पालको सिविरभित्र एक महिना बिताउन सक्लान र ? के यिनले एक महिना आफ्ना सबै निजी काम छोड्न सक्छन् त ? यस्तै खालका अनेकौं प्रश्नहरू गर्दै नेकपा (एमाले)का स्वयंसेवकहरूमाथि सहरी बुद्धिजीवीले लख काट्दै थिए ।
जब स्वयंसेवकले काम थाल्यो, विहान उठ्नु, नृत्य कर्म गर्नु र रातो ज्याकेट, पहेंला, निला, सेता, राता हेलमेटमा सजिएर दैनिक आठ घण्टा काम गर्ने दैनिकी बनायो । कतिपयले त १६ घण्टा पनि काम गरे । पार्टीका बरिष्ठ नेताहरू नियमित अनुगमन र श्रममा भाग लिन थाले । पार्टी पदाधिकारी र स्थायी कमिटीका सदस्यहरू नै नियमित स्वयंसेवकसँगै भत्किएका घर का भग्नावशेष हटाउने, टहरा बनाउने काममा लागे । पेसागत संगठन अनियमित रूपमा अकल्पनीय काम गर्दै अघि बढ्यो । सम्पर्क मञ्च आफ्ना सबै पेसा व्यवसाय छाडेर अब्बल दर्जाको काम गर्न थाल्यो ।
युवा–विद्यार्थीहरू नियमित सिविरमा बसेर अर्दसैनिक ढाचामा परिचालित भइरहे बज अभियान एकपछि अर्को उचाइका साथ अघि बढ्दै गयो, जनतामा स्थापित हुँदै गयो । माथि उल्लेख गरिएका सबै स्यालहुइयाहरू गल्र्याम गुल्लम ढले । एउटै कामले सबै भ्रमहरू ध्वस्त भए । एमाले वर्गीय पार्टी नै हो । जुन तहमा पुगे पनि यसका नेता कार्यकर्ताहरू श्रमबाट, राष्ट्र र जनताको जिम्मेवारीबाट अलग छैनन् । जस्तोसुकै संकटको पनि सामना गर्न सक्छन् । जतिसुकै अप्ठयाराहरूको मुकाविला गर्न सक्छन् भन्ने कुराको पुनर्पुष्टि गरेको छ । एमालेका सन्दर्भमा जे खालको विम्वका रूपमा मानिसले परिचय बुझ्ने गरेका थिए । यस अभियानपछि पूर्णरूपमा दुनियाँले बुझ्ने परिचयसमेत बदलिएको छ ।
अभियानले निर्माण गरेको भौतिक उपलब्धि
नेकपा (एमाले)को यस अभियानले सामाजिक र राजनीतिक रूपमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गर्यो । निरास भएका जनतालाई ब्यूँझाउने काम गर्यो । संकटले जनतामा पैदा गरेको निरासा र आक्रोसलाई आसा र विश्वासमा बदलेको छ । हाम्रो देश हामी आफैं निर्माण गर्न सक्छौं भन्ने विश्वास बढाएको छ । जनतालाई अप्ठ्यारो पर्दा सहारा दिने नेकपा (एमाले) छ भन्ने कुरा पुष्टि गरेको छ ।
यसका साथै यो अभियानले मृतकका परिवार, एकल महिला, बृद्धबृद्धा, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा दलित र विपन्न समुदायलाई लक्षित गरेर अगाडि बढाएको अस्थायि घर निर्माणको अभियानअन्तर्गत हालसम्म करिब २५ हजारवटा नयाँ अस्थायी घर/टहरा बनाइएका छन् । यसले एक लाखभन्दा बढी पीडितहरूलाई वर्षाअगावै छानोमुनि पुर्याउन मद्दत गरेको छ । यसैगरी ११ सय भन्दा बढी विद्यालयका अस्थायी भवन निर्माण गरेर लाखौं विद्यार्थीहरूको पठनपाठनलाई सुचारु गर्न सहयोग पुर्याएको छ । २४४४८ भन्दा बढी क्षतिग्रस्त घर संरचनाका भग्नावशेषबाट सामग्री निकालेर व्यवस्थापन र सरसफाई गरेको छ । दर्जनौं स्वास्थ्य चौकी, गाविस कार्यालय, सामुदायिक भवन आमा समूहका घर, क्षतिग्रस्त खानेपानी, सडक र अन्य भौतिक संरचना मर्मत गरी जनताको दैनिकीलाई सामान्य गर्ने काममा ऐतिहासीक योगदान गरेको छ ।
(लेखक युवा संघ नेपालका पूर्वमहासचिव हुन्)
प्रतिक्रिया