अन्तर्राष्ट्रिय टेबलटेनिसमा नेपाललाई पाँच कांस्य

Nepal-Tebaltenisकाठमाडौं, ९ असार । भारतको नयाँ दिल्लीमा सम्पन्न दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपमा नेपालले ५ कांस्य जितेको छ ।

नेपालले ३ टिम, १ डबल्स र १ सिंगल्स इभेन्टमा गरी ५ कांस्य जितेको अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुँवेरप्रकाश सिंहले जनाएका छन् ।

श्यान्टू श्रेष्ठले एकल स्पर्धामा पदक जित्ने एक्लो नेपाली खेलाडी बने । उनले क्याडेट ब्वाइज सिंगल्समा कांस्य जिते । जुनियर गल्र्स डबल्समा नोर्डेन तामाङ र रेणुका मगर तेश्रो भए ।

त्यस्तै क्याडेट ब्वाइज टिममा श्यान्टू श्रेष्ठ र रितिज जोशीले कांस्य हात पारे ।

त्यसै स्पर्धाको गल्र्समा दीक्षा तामाङ र स्विकृति श्रेष्ठले कांस्य हासिल गरे ।

जुनियर गल्र्स टिम इभेन्टमा नोर्डेन तामाङ, रेणुका राना मगर र रुपा लिम्बूले तेश्रो स्थान हात पारे ।

महासचिव सिंहका अनुसार नेपाल टोली मंगलबार स्वदेश फर्किएको छ । च्याम्पियनसिप जुन १७ देखि १९ तारिखसम्म भएको थियो ।

प्रतिक्रिया