उच्च माविले भर्ना फाराम शुल्क २५ मात्र लिन पाउने

HSEBकाठमाडौं, ८ असार । । कक्षा ११ मा भर्ना हुनका लागि उच्च माविहरुहरूले फाराम शुल्कबापत २५ मात्रै लिन पाउने भएका छन् ।

कतिपय उच्च माविले जथाभावी धेरै शुल्क लिएको पाइएपछि उच्च माध्यमिक शिक्षा परिषद्ले २५ मात्रै शुल्क लिन पाउने नियम बनाएको हो ।

परिषद्ले आज एक सूचना प्रकाशित गरी प्रवेश परीक्षा शुल्क भने एक सय तय गरिएको जनाएको छ । ।

तोकिएको भन्दा बढी शुल्क नलिन उच्च माविलाई परिषद्ले सूचित गरेको छ ।

विद्यार्थी तथा अभिभावकलाई पनि परिषद्ले तोकेको भन्दा बढी शुल्क नदिन आग्रह गरेको छ ।

उच्च माविलाई शुल्क बुझाएको रसिद अनिवार्य रुपरूपमा लिन परिषद्ले विद्यार्थी तथा अभिभावकको ध्यानाकर्षण पनि गराएको छ ।

तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा सम्बन्धित उच्च माविलाई कारबाही गरिने परिषद्ले स्पष्ट पारेको छ ।

परिषद्बाट निर्धारित छात्रवृत्ति कोटा सुरक्षित राख्न र प्रवेशिकाको नतिजा सार्वजनिक भएको मितिबाट न्यूनतम १५ दिने समयसीमा दिएर भर्ना गर्न उच्च माविलाई परिषद्ले निर्देश गरेको छ ।

नेपाल सरकारबाट लागू गरिएको आचार संहिताभित्र रहेरमात्रै विज्ञापन गर्न पनि परिषद्ले सबै उच्च माविलाई ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया