म अठ्याएर त बस्ने हैन : कोइराला

NEFIN-1काठमाडौं, ३ आसार । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको काम डबल फास्ट ट्रयाकबाट गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ज्ञापन पत्र बुझाउन आएका नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधि मण्डलसंग उनले संविधान निर्माणमा डबल फास्ट ट्रयाकमा जानुपर्ने बताएका हुन् ।

‘अरुहरूले फास्ट ट्रयाक भनेका छन्’, कोइरालाले भने, ‘म भन्छु फास्ट ट्रायकले मात्र पुग्दैन, डबल फास्ट ट्रयाक मै जाऔं ।’

‘संविधान छिट्टै बनाउन परेको छ । पार्टीहरू आत्तिन थाले । म अठ्याएर त बस्ने हैन’, कोइरालाले भने, ‘संविधान ल्याउनुहोस्, घोषणा भएको दिन छोड्छु ।’

प्रधानमन्त्री कोइरालाले फास्ट ट्रयाकका बारेमा पनि स्पष्ट पारेका थिए । ‘प्रकृयालाई छोटो बनाउन सकिन्छ, तर मिचेर जान हुँदैन’, प्रधानमन्त्री कोइरालाले भने । उनले प्रकृया नमिचिकन जनतामा जाने समय घटाउन सकिने बताए ।

प्रतिक्रिया