क्रिकेटमा अनौठो रेकर्ड

प्राग । विश्व क्रिकेटको इतिहासमा पहिलोपटक नयाँ नतिजा देखा परेको छ । चेक रिपब्लिकमा खेलिएको एक खेलमा एउटा टिमका नौ खेलाडी खाता नै नखोली पवेलियन फर्केका छन् ।यस्तो खालको अनौठो किसिमको रेकर्ड एक खेलमा कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पाराग्वे क्रिकेट क्लबका नौ खेलाडी शून्य रनमा आउट भए ।
यसअघिको खेलमा बोहमियन क्रिकेट क्लबले ४० ओभरमा १२५ रन बनायो । तर, कुल १२६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङका लागि मैदानमा उत्रेको पाराग्वेका नौ ब्याट्सम्यान खाता नै नखोली आउट भएका थिए ।बोहमियनको लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका आदित्य जैसवालले मात्र अभिजित ४३ रन र अभीले एक रन बनाएका थिए । बोहमियनले अतिरिक्त १० रन पाएको थियो ।
ट्वान्टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोली अहिले बन्द प्रशिक्षणका लागि भारतमा छ । भारतको धर्मशालमा रहेको नेपाली टोलीलाई भारतका पूर्वक्रिकेटर र आइपिएल टिमका प्रशिक्षकले गाइड गर्ने
भएका छन् । (एजेन्सी)

प्रतिक्रिया