पाकिस्तानमा बम विस्फोट हुँदा ६ को मृत्यु

pakistan_word_mapखान, पाकिस्तान २८ वैशाख । अफगानिस्तानको सीमानजिकै उत्तरपश्चिम पाकिस्तानमा तालिवान विरुद्धको अभियानमा लागेका एक आदिवासी नागरिकलाई लक्षित गरी सडक किनारमा राखिएको बम विस्फेटमा परी छ व्यक्तिको मृत्यु भएको छ ।

विस्फोटबाट ती आदिवासी मलिक मोहमाद जान र उनका अन्य पाँच सहयोगीको मृत्यु भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय सरकारी अधिकारी फयाज खानका अनुसार सोमबार ममोउन्द इलाकामा दुरनियनिन्त्रित यन्त्रद्वारा ती आदिवासी बुजुकको सवारी साधनलाई लक्ष्यगरी विस्फोटन गराइएको छ ।

मलिकले यसअघिदेखि नै तालिवानी विरुद्धको अभियान सञ्चालन गर्दै आएका थिए । उनले सो अभियानमा प्रमुखको नेतृत्व गर्दै आएका बताइएको छ ।

प्रतिक्रिया