चिनियाँ राष्ट्रपति सि मस्कोमा

-बेइजिङ, २५ वैशाख । चिनियाँ राष्ट्रपति सि जिनपिङ शुक्रबार बिहान रसियाको राजधानी मस्को पुगेका छन् । उनी रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको आमन्त्रणमा रसिया पुगेका ुहन् ।
भ्रमणका क्रममा उनले रसियाली विजय दिवसका अवसरमा आयोजना गरिने विशेष कार्यक्रममा उपस्थित हुने रसियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

शनिबार रसियाले विजय दिवस मनाउन लागेको छ । सो अवसरमा आमन्त्रण गरिएका विश्वका अन्य देशका नेताहरु पनि त्यहाँ पुग्ने क्रम सुरु भएको छ ।

उनले मे ८ देखि १० सम्म रसियाको भ्रमण गर्नेछन् । त्यस क्रममा चिनियाँ र रसियाली राष्ट्रपतिबीच पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

शनिबार आयोजना गरिएको ७० औँ रसियाली विजय दिवस कार्यक्रममा रसियाले विश्वका कैयौँ नेतालाई आमन्त्रण गरेको छ । तर सो समारोहमा कतिपय पश्चिमा राष्ट्रहरूले भने उपस्थित हुन अस्वीकार गरेका छन् ।

उनको भ्रमण दलमा चिनियाँ उच्च सरकारी अधिकारीहरूका अतिरिक्त चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूको पनि सहभागिता रहेको छ ।

उनी काजखस्तानको भ्रमणपछि शुक्रबारै रसियाको राजधानी मस्को पुग्ने जनाइएको छ । चिनियाँ राष्ट्रपति सिले रसियापछि बेलारुसको भ्रमण गर्ने बताइएको छ ।

राष्ट्रपति सि यही मे १० देखि १२ सम्म बेलारुस जानेछन् । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लक्सानेकोको आमन्त्रणमा उनले सो देशको भ्रमण गर्न लागेका हुन् ।

प्रतिक्रिया