राहत सामाग्री बिक्री गर्ने तीन जना पक्राउ

Rahatकाठमाडौं, २२ वैशाख । भूकम्पपीडितका नाममा आएका राहत सामाग्री विक्री वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौं महानगरपालिका–१४ बल्खु मदननगरमा भूकम्पपीडितको सहयोगार्थ आएको राहत सामाग्री विक्री वितरण गर्ने ३ जनालाई सोमबार साँझ पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१ ज्ञानेश्वर बस्ने ३८ वर्षीय विकास सरद, काठमाडौं काँडाघारी बस्ने रामेछाप सुनारपानी–८ का १९ वर्षीय रानमकुमार के.सी. र काठमाडौं काँडाघारी बस्ने सर्लाही हरीवनका ट्रक चालक ४२ वर्षीय सिंहबहादुर कार्की रहेका छन् ।

नेविसंघका अधयक्ष रञ्जित कर्णले आज विज्ञप्ति जारी गरेर आफ्ना कार्यकर्ताले राहत सामाग्री विक्री नगरेको दाबी गरेका छन् ।

लक्ष्मी राईस मिल नौतनहवा जिल्ला नहराजगंज उत्तरप्रदेश भारत लेखिएको व्यानर राखेको ना. ३ ख ३९९० नम्बरको ट्रकमा ल्याएको कनिका चामल प्रतिबोरा ७ सयका दरले बिक्री वितरण गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालीमाटीले ४ सय ४० बोरा चामल, ट्रक र नगद १ लाख १६ हजार रुपियाँसमेत बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

उता, कांग्रेस निकट नेपाल विद्यार्थी संघले राहत सामाग्री संकलन गरेर आफ्ना कार्यकर्ताले विक्री गरेको भन्ने समाचारहरूको खण्डन गरेको छ ।

नेविसंघका अधयक्ष रञ्जित कर्णले आज विज्ञप्ति जारी गरेर आफ्ना कार्यकर्ताले राहत सामाग्री विक्री नगरेको दाबी गरेका छन् ।

उनले कसैले त्यसतो कार्य गरेको भए जानकारी आए हदैसम्मको कारबाही गरिने चेतावनी दिएका छन् । (फाइल तस्बिर)

प्रतिक्रिया