बनेपा, १८ वैशाख । काभ्रेको बनेपा व्यापारिक हिसाबले अति संवेदनशील क्षेत्र हो । तर, देश महाविनासको चपेटामा परेको बेला जिल्लामा यति बेला विभिन्न सरसमान तस्कर गर्न तस्करीहरू सक्रिय हसन थालेका छन् । विशेष गरी सुनको तस्करी हाल बढेको देखिएको छ ।
सुन चिनको खासा नाका हुँदै तस्करीले बनेपा, राजधानी र व्यापारिक नगरहरूमा पु¥याउने र त्यहाँ महँगोमा बेच्ने गर्दछन् । मुलुकमा एकातिर विपत्तिको संहारमा फसेको समयमा यस्ताखाले काममा ध्यान नजाने देखेपछि तस्करीहरू सक्रिय हुन थालेका हुन् । यस्ता तस्करीले गुणस्तरीय र सस्तोमा सुन पसलमै सुन दिन थालेपछि सुन व्यवसायीले पनि उनीहरूबाटै सुन किन्न थालेका थिए । जसको कारण सुन तस्करी झन् मौलाउँदै गएको छ । सुन व्यवसायीहरूले धेरै पहिलेदेखि बैंकको सुन किन्न छोडिसकेका थिए । धेरै पहिले बनेपाको सुन पसलेहरूले एक हप्तामा एक किलोभन्दा बढी सुन किन्थे भने हाल एक तोला पनि बैंकसँग किन्दैनन् । उनीहरू तस्करीकै सुन किन्न थालेको पाइएको छ ।
केहिसमय पहिले प्रहरीले निगरानी गर्दा काभ्रे र आसपासबाट धेरै परिमाणमा सुन पक्रेको थियो । तर, हाल विपत्तिको बेला पारेर तस्करहरू नाकाबाटै सजिलै सुन पार गरिरहेका छन् । बनेपाको सुन बजारमा कुनै समयमा एक महिनामा पाँच किलो सुन तस्करीले बिक्री गर्थे भने हाल आएर यसको बिक्री दोब्बर हुन थालेको छ ।
यस विषयमा बुझ्दा सुन व्यवसायीले नाम नबताउने सर्तमा भने, ‘बैंकको सुनको गुणस्तर यस्सै पनि कम हुन्छ । त्यहिमाथि केही महँगो पनि हुने गर्छ । यसरी प्रहरी प्रशासन विपद्तिर ध्यान मग्न भएको मौका छोपेर विभिन्न सामानको तस्करीहरू बढ्दै गइरहेको छ, यस्तैमा सुनको तस्करी झन् हँदै गएको पाइन्छ । पहिले भित्राउन नसकेको सुन हाल सिन्धुपाल्चोकको नाका हुँदै तस्करहरूले काभ्रे र आसपासका क्षेत्रमा भित्राएका छन् ।
प्रतिक्रिया