युरोप छिर्न खोज्ने ४० आप्रवासीको मृत्यु

Europe-Chirna-Khojneलन्डन, ४ वैशाख । लिबियाबाट इटाली आउँदै गरेका आप्रवासी चढेको डुंगा दुर्घटनामा पर्दा ४० जनाले ज्यान गुमाएको इटालीका सञ्चारमाध्यमले जनाएका छन् । इटालियन सञ्चारमाध्यमलाई उदृत गर्दै बिबिसीले समून्द्रमा डुबेका ४० जनाको लास झिकिएको जनाएको छ । पछिल्ला दिनमा इटालीको तटीय क्षेत्रमा आउँदै गरेका झन्डै १० हजार आप्रवासीलाई उद्धार गरिएको छ ।
वर्षको सुरुआतपछि अहिलेसम्म सयौँले ज्यान गुमाइसकेका छन् । इटालीले समस्या समाधानका लागि युरोपेली युनियनसँग थप सहयोग मागेको छ । यसै साताको सुरुआतमा झन्डै चार सय व्यक्ति डुंगा आक्रमणका क्रममा डुबेको आंशका गरिएको छ ।
इटालीका विदेशमन्त्री पाओलो जिन्टिलोनीले समस्या समाधानका लागि युरोपेली युनियनले आवश्यक प्रयास नगरेको बताएका छन् । यता, युरोपेली युनियनले भने युरोप छिर्न खोज्ने हजारौँ अप्रवासीलाई रोक्ने कुनै खास अस्त्र कसैसँग पनि नभएको बताउँदै आएको छ ।

प्रतिक्रिया