म बिरामी भएकी छैन : अञ्जु

Anju-Pantaचितवन । गायिका अञ्जु पन्तले आफू स्वस्थ्य रहेको बताएकी छिन् । आफ्नो स्वास्थ्यका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा आएका टिकाटिप्पणीको खण्डन गर्दै अञ्जुले बिरामी नभएको जनाएकी हुन् ।

‘म बिरामी परेको छैन्’, गायिका अञ्जुले चितवनको सौराहमा नयाँ वर्षका अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा भनिन्, ‘मेरो स्वास्थ्यलाई भएका चिन्ता र चर्चा परिचर्चाप्रति दुःखी छु ।’

गायिका अञ्जु बिरामी भएका कारण गीत गाउन नसक्ने भनेर सञ्चारमाध्यममा समाचारका साथै सामाजिक सञ्जालहरूमा टिकाटिप्पणी आएका थिए ।

नयाँ वर्षका अवसरमा सौराहमा आयोजित साँस्कृतिक कार्यक्रममा पहिलो पटक पुगेकी गायिका अञ्जुले मध्यरातिसम्म बसेर गीत गाएकी थिइन् । उनले दर्शकहरूलाई कार्यक्रम अवधीभर बस्न पनि अनुरोध गरेकी थिइन् ।

अञ्जुले ‘तिम्रो आँखामा आँसु हेरी…’, ‘धेरैलाई बाँडदा नपुग्ला माया..’, ‘न बिर्सें तिमीलाई…’लगायतका गीतले मन्त्रमुग्ध बनाएकी थिइन् ।

प्रतिक्रिया