काठमाडौं । नयाा वर्ष हरेकका लागि उत्साह र उमंगको वर्ष हुन्छ । नयाा कामदेखि नयाा योजनासागै राम्रै काम गर्ने सपना बनाएर शुभारम्भ हुने कार्यहरू कतिका लागि फलिफाप हुन्छ त कतिका लागि अभिशाप नै बन्छ । वर्ष ०७१ को शुरुआतमा नेपाली फिल्म क्षेत्रले पनि यस्तै आशा राखेको थियो । पुराना पुस्ताभन्दा नयाा पुस्ताको बाहुल्य भइरहेको वर्तमान अवस्थामा नयाा पुस्ताले बनाएका फिल्मले वर्षभरी आक्रामक व्यापार गर्न सक्यो, न त पुराना पुस्ताले फिल्मको दरिद्र अवस्था सुधार्दै व्यावसायिक सफलताको मीठो स्वाद चखाउन नै सिकाए । जसको परिणाम वर्षभरी रिलिज भएका फिल्ममध्ये केहीले नाफा गरे, नगन्यले लगानीमात्र उठाए , केहीले त पानी पिउन समेत पाएनन् ।
शुरुआती महिना वैशाखमा रिलिज भएका मध्ये ‘कबड्डी’ र ‘नोभेम्बर रेन’ले मात्र लगानी सुरक्षित गर्न सके । सहरको प्रेमकथा बोकेको दिनेश राउत निर्देशित ‘नोभेम्बर रेन’ र मुस्ताङको मौलिक गाउाको कथा बोकेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’लाई दर्शकले रुचाइरहादा त्यसै महिना रिलिज भएका अन्य फिल्महरू ‘माया गर ल’, ‘वल्र्ड कप इन नेपाल’, ‘दमदार’, ‘रेड मनसुन’ र ‘अकाल’ असफल साबित भए ।
जेठ महिनामा रिलिज भएका फिल्महरू ‘आवरण’, ‘पीपल’, ‘हासिया’, ‘मेरो बेस्ट प्ेरmन्ड’, ‘जोडी नम्बर १’, ‘मिस नेपाल’ र ‘लुकी लुकी’ पनि व्यावसायिक रूपमा असफल नै बने । यी फिल्म मध्ये पब्लिसिटी र बजेटका आधारमा अगाडि रहे पनि फिल्म ‘हासिया’ले लगानी उठाउन सकेन ।
असारमा रिलिज भएका फिल्महरू ‘मिसन फर ट्वान्टी’, ‘कस्तो टेन्सन’, ‘पाठशाला’, ‘लावारिस’, ‘अनौठो प्रेमकथा’, ‘चिहान’ र ‘नागबेली’ले पनि निर्माताको पैसालाई जस्ताको तस्तै फर्काउन सकेनन् । जेठ र असारका फिल्मले निराशको वातावरण बनाइरहादा साउनमा रिलिज भएको फिल्म ‘कोहिनूर’ले भने सबैलाई आश्चर्य चकित पार्ने व्यापार गर्दै नेपाली फिल्मको इतिहासमा सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड नै राख्यो । यो फिल्मको कीर्तिमानी सफलताले भन्दा पनि फिल्मका प्रमुख कलाकार श्रीकृष्ण श्रेष्ठको निधनले फिल्म उद्योगलाई ठूलो क्षति पुर्यायो । साउन २३ मा ‘कोहिनूर’ रिलिज भए पनि फिल्मले खासै व्यापार नगरिरहेको बेला साउन २४ गते बेलुका उनको निधन भएपछि यो फिल्म हेर्न दर्शकको सागर नै उर्लियो । तर, यसै महिना रिलिज भएका अन्य फिल्म ‘लक्की सेभेन’, ‘ज्वाला’, ‘मेरो भ्यालेन्टाइन’ र ‘शिशा’को अवस्था विजोग नै भयो ।
भदौ महिनामा रिलिज भएका फिल्ममध्ये ‘बिर्खेलाई चिन्छस्’ले लगानी उठाए पनि ‘ठूली’, ‘ताण्डव’, ‘उत्सव’, ‘यो कथा हो तिम्रो मेरो’ र ‘निशानी’को अवस्था नाजुक नै बन्यो । दसौको छेकोमा रिलिज गरिएको फिल्म ‘हिम्मतवाली’ले नाफा कमाए पनि सोही महिना रिलिज भएका अन्य फिल्म ‘पुन्टे परेड’, ‘वान साइडेड लभ’, ‘दानव’ र ‘जोश’को अवस्था पीडादायी भयो । अभिनेत्री रेखा थापाको निर्देशन र आफ्नै प्रमुख भूमिका रहेको फिल्म ‘हिम्मतवाली’मा रेखाले आफ्नो स्टारडमको क्रेजलाई सुरक्षित राख्न सकिनन् । यो फिल्ममा निर्देशनको जिम्मा दिइएका निर्देशक श्याम भट्टराईसाग मनमुटाव भएर आफौले फिल्म निर्देशन गरेपछि उनी थप चर्चित बनिन् ।
कार्तिकमा रिलिज भएका ६ फिल्म मध्ये चार फिल्मले लगानी जोगाए । यो महिना रिलिज भएको फिल्म ‘जेरी’ले मुनाफा आर्जन गर्दा ‘लज्जा’, ‘स्टुपिड मन’, ‘टलकजंग भर्सेज टुल्के’ले लगानी सुरक्षित गरे । तर, बााकी दुई फिल्म ‘एउटा साथी’ र ‘सरी ल’ ले घाटा ब्यहोर्नुपर्यो । मंसिरमा प्रदर्शनमा आएका फिल्महरू ‘श्री ५ अम्बरे’, ‘हमजाएगा’, ‘मिस्टेक’, ‘नाइके’, ‘रंग बैजनी’, ‘लभ यु बाबा’ र ‘कान्छी मट्याङट्याङ’ले खुशीको सास फेर्न सकेनन् । १२ वर्षपछि फिल्म निर्देशनमा फर्किएका पुराना निर्देशक शम्भु प्रधानले निर्देशन गरेको ‘रंग बैजनी’लाई दर्शकले नरुचाउादा विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यु बाबा’लाई दर्शकले पत्याइदिएनन् ।
पुस महिनामा रिलिज भएका फिल्महरू ‘विधवा’, ‘जिन्दगी रक्स’, ‘माइ प्रमिस’, ‘आभाष’, ‘तथास्तु’ र ‘अलबिदा’ पनि लगानी नउठाउने फिल्मको सूचीमा परे । माघ महिनाका फिल्ममा पनि यस्तै समस्या देखियो । यो महिनामा ‘सोल सिस्टर’, ‘आगो २’, ‘टाइगर द रियल हिरो’, ‘सम्बोधन’, ‘इस्केप’, ‘लोग्ने मान्छे’ र ‘रथ’ रिलिज भएका थिए । फागुनमा रिलिज भएका फिल्महरूमध्ये ‘झिग्राना’ र ‘पुनर्जन्म’ले औषत व्यापार गरे पनि अन्य फिल्म ‘वान वे’, ‘सुन्तली’, ‘अझै पनि’, ‘मिसन पैसा २ रिलोडेड’ र ‘भीमदत्त’ फ्लप भए । चैतमा रिलिज भएका फिल्म ‘भुलभुलैया’, ‘हवल्दार सुन्तली’ र ‘नाई नभन्नु ल ३’ले लगानी उठाए पनि अन्य फिल्म ‘सेतो बाघ’, ‘षडङ्ग’, ‘माला’ फ्लप बने ।
०७० मा झन्डै सयको हाराहारीमा फिल्म बने पनि ०७१ मा यो संख्या असीमा झरेको थियो । विगतका वर्ष झौ ०७१ मा नयाा लगानीकर्ता थपिए पनि प्राय:को लगानी फिर्ता भएन । केबल त्यो बालुवामा पानी हाले सरह नै भयो । एक पछि अर्को गर्दै फिल्म फ्लप भइरहे पनि त्यसमा काम गर्ने कलाकार र प्राविधिक भने फिल्मको फिल्म व्यस्त बनिरहे । अभिनेत्री रेखा थापाले ‘हिम्मतवाली’, ‘दमदार’ र ‘तथास्तु’मा अभिनय गरे पनि ‘हिम्तवाली’ले मात्र उनको साख जोगायो । अर्का अभिनेता आर्यन सिग्देलले अभिनय गरेको ‘नोभेम्बर रेन’, ‘लज्जा’ ‘नाइके’, ‘अलबिदा’, ‘माला’, ‘पुनर्जन्म’ र ‘नाई नभन्नु ल ३’ मध्ये ‘नोभेम्बर रेन’, ‘लज्जा’, ‘पुनर्जन्म’ र ‘नाई नभन्नु ल ३’ले मात्र निर्मातालाई खुशी बनाइदियो । यसै वर्ष अर्की अभिनेत्री प्रियंका कार्की अभिनित फिल्महरू पनि धेरै प्रदर्शनमा आए । चैत्रको अन्तिम साता रिलिज भएको फिल्म ‘नाई नभन्नु ल ३’ ले करियरमा प्लस प्वाइन्ट दिए पनि ‘आवरण’, ‘पुन्टे परेड’, ‘मेरो बेस्ट फ्रेन्ड’, ‘सुन्तली’, ‘माला’ र ‘षड्ङग’ले करियरको उचाइमा इाटा थपिदिएन ।
आर्यन पछि विकाउ अभिनेताका रूपमा परिचित जीवन लुईंटेलका लागि पनि वर्ष ०७१ अफाप सिद्ध भयो । उनी अभिनित फिल्म ‘शिशा’ र ‘ठूली’ असफल भए पनि ‘भूलभूलैया’ले निर्माताको मुहारमा केही उज्यालो ल्याइदियो । युवापुस्ताका नायकमा अनमोल केसी चर्चित भए । सदावहार अभिनेता भूवन केसी पुत्र अनमोल अभिनित फिल्म ‘जेरी’ले राम्रै नाफा कमायो । रंगमञ्चबाट फिल्मी अभिनयमा छिरेका दयाहाङ राई अभिनित ‘कबड्डी’ हिट भए पनि ‘नागबेली’ र ‘सम्बोधन’ फ्लप भए भने सौगात मल्लका कुनै पनि फिल्मले व्यावसायिक सफलता चुम्न पाएन ।
वर्षभरी प्रदर्शन भएका फिल्मको व्यापार हेर्दा धेरै फिल्म एकैदिन रिलिज भएर डुबे । साप्ताहिक रूपमा शुक्रबार फिल्म प्रदर्शनमा आए पनि एकसाथ तीनदेखि चारवटा फिल्म प्रदर्शन हुनाले पनि फिल्मले लगानी सुरक्षित गर्न सकेन । दर्शकमा भएको अन्योलताले पनि फिल्मको व्यापार हुन नसकेको फिल्मकर्मीको बुझाइ छ । आफूले राम्रो फिल्म बनाएको भन्दै जुागामा ताउ लगाएर बस्ने फिल्मकर्मीहरू जुागाको लडाइामा परेर एकापसका फिल्म जुधाउादा अधिकांश फिल्मले न्यूनतम लगानी पनि उठाउन सकेन । फिल्मका कलाकारहरू वर्ष भरी एकपछि अर्को फिल्ममा व्यस्त बने पनि निर्माताहरूलाई व्यस्त हुने वातावरण बनेन ।
मन्त्रिपरिषदको बैठकले यसै वर्ष राष्ट्रिय चलचित्र नीतिको मस्यौदा पारित गर्यो । जुन कामले आम फिल्मकर्मीमा खुशीको वातावरण ल्याइदियो । नीतिका विशेषताका रूपमा नेपालमा विदेशी फिल्म छायांकन गर्न सरल हुने, सबै भाषाका फिल्म सहज रूपमा प्रदर्शन गर्न सकिने, सबै विज्ञापनमा नेपाली कलाकारले नै खेल्न पाउनेलगायतका कुरा छन् । नीतिमा कलाकार र फिल्मकर्मी तथा व्यवसायी सागसागै फिल्म पत्रकारको पेसागत हक र सुरक्षा, मान प्रतिष्ठा, अवसर, तालिम, प्रशिक्षणजस्ता विषय समेटिएका छन् ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई फिल्म निर्माणको क्रम बढ्नुसागै राष्ट्रिय चलचित्र नीति पारित हुनुलाई वर्षको सकारात्मक विषय मान्दछन् । ‘फिल्म मेकिङको संख्या अन्य वर्षभन्दा यो वर्ष धेरै भएको पाएको छु, जस अनुसार फिल्मको क्वालिटी पनि राम्रो देखिएको छ,’ राई भन्छन्, ‘यो बाहेक नेपाली फिल्म क्षेत्रमा कार्यरत फिल्मकर्मीका लागि बहुप्रतिक्षित राष्ट्रिय चलचित्र नीति पारित हुनु पनि यो वर्षको अर्को उपलब्धि हो ।’ तर फिल्मको फ्लप संख्या विगतको जस्तै हुनुमा चाहिा दुर्भाग्यपूर्ण रहेको उनी मान्छन् । ‘फिल्म निर्माणको गतिसागै फ्लपको गति बढ्नु पनि दु:खदायी कुरा हो ।’ उनले भने । उनले निर्माण गरेको फिल्म ‘वान वे’ले पनि लगानी उठाउन सकेको थिएन ।
नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीका अनुसार वर्ष ०७१ प्राविधिकका लागि चाहिा फलिफाप वर्ष रह्यो । ‘फिल्म चले पनि नचले पनि प्राविधिकहरू वर्षभरी व्यस्त बने,’ केसीले भने, ‘यो वर्ष नेपाली प्राविधिकसाग काम गर्न विदेशी फिल्म निर्माताहरू पनि आए, हाम्रो सरोकार फिल्मको व्यापारभन्दा पनि प्राविधिकको रोजगारको विषय हो ।’
चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय वर्ष ०७१ लाई अभूतपूर्वसागै दु:खद वर्षको रूपमा लिन्छन् । ‘फिल्म ‘कोहिनूर’ले सर्वाधिक बढी रकम यसै वर्ष कमायो भने अन्य केही फिल्मले लगानी सुरक्षित गरे,’ उनले भने, ‘फिल्मबारे केही नबुझेका नयाा अनुहारको प्रवेशले फिल्म क्षेत्र भद्रगोल बन्यो ।’ तर, आउादा वर्ष राम्रा राम्रा फिल्म बजारमा आउन लागेकाले ०७२ को फिल्म क्षेत्र राम्रो हुनेमा उनको विश्वास छ ।
त्यसो त वर्ष ०७१ मा बलिउडबाट नेपालमा सर्वाधिक संख्यामा सेलिब्रेटी आए । सुटिङ तथा विभिन्न कार्यक्रममा सहभागिता जनाउन सनी लियोनी, आमिर खान, जरिन खान, शाहरुख खान, नेहा धुपिया, इशा देवल, सुस्मिता सेन, रविना टन्डन र कपिल शर्मा नेपाल आए ।
जो चर्चामा आए
ग्ल्यामर र चर्चा एकअर्काका पर्याय हुन् । चाहे राम्रो काम होस् या नराम्रो काम दुवै चर्चाको विषय बन्दछ । वर्ष ०७१ लाई फर्केर हेर्दा सेलीब्रेटीहरू बढी चर्चा र कम विवादमा देखिए । रमाइलो कुरा के रह्यो भने अधिकांश सेलीब्रेटी विवाहकै कारण चर्चित बने ।
राजेश हमाल
महानायकका रूपमा परिचित राजेश हमालको विवाह यो वर्षको सर्वाधिक हिट समाचार र हट केक बन्यो । मोडल मधु भट्टराईसागको लामो रोमान्सलाई विवाहमा परिणत गरेका उनले आफ्नो प्रेम र विवाहका बारेमा पटक पटक उठ्ने प्रश्नलाई पूर्णविराम लगाइदिए । काठमाडौंमा विवाह गरेर काभ्रेको धुलिखेलमा हनिमुन मनाउन पुगेका हमालले हनिमुन बेडको फोटो फेसबुकमा सार्वजनिक गर्दा झनै चर्चित बन्यो ।
आर्यन सिग्देल
चकलेटी नायकको रूपमा चिनिएका आर्यन सिग्देलले पनि आफ्नो प्रेमिका सपना भण्डारीलाई जेठको पहिलो साता जीवनसंगिनीका रूपमा निजी जीवनमा भित्र्याए । फेसबुकमा हुर्किएको उनीहरूको प्रेमलाई विवाहमा परिणत गर्दा आर्यन निकै खुशी देखिन्थे । संयोग नै मान्नुपर्छ, सपनासाग विवाह गरेपछि आर्यनले निर्माण गरेको फिल्म ‘नोभेम्बर रेन’ले बक्स अफिसमा उत्कृष्ठ व्यापार गरेको थियो । उनी अभिनित ‘लज्जा’, ‘नाई नभन्नु ल ३’ र ‘पुनर्जन्म’ले पनि उनको करियरमा अर्को इाटा थपिदियो ।
मिथिला शर्मा
कुशल नृत्यसागै अभिनयमा पनि पोख्त चर्चित कलाकार मिथिला शर्मा विवाहकै कारण चर्चित बनिन् । पूर्व आइजिपी मोतिलाल बोहोरासागको लामो समयदेखिको मित्रताको सम्बन्धलाई मिथिलाले श्रीमान्को रूपमा जोडिन् ।
अनुप बराल
रंगमञ्चबाट फिल्ममा कलाकारसागै निर्देशकका रूपमा परिचित अनुप बराल पनि प्रेमिका दिया मास्केसाग लगनगााठो कसेपछि चर्चामा आए । आफूले सञ्चालन गरेको एक्टर्स स्टुडियोकी पूर्व विद्यार्थीसमेत रहेकी दियालाई उनले जीवन संगिनी बनाए । धेरै समयअघि पहिलो पत्नीबाट अलग्गिएका अनुपको यो दोस्रो विवाह हो ।
सुमिना घिमिरे
छोटो समयमै फिल्म क्षेत्रमा चर्चित बनेकी नायिका सुमिना घिमिरेले पनि आफ्ना पाइलट प्रेमी रोशन सापकोटासाग विवाह गरिन् । एक म्युजिक भिडियो सुटिङका क्रममा भेट भएपछि एकअर्काको आकर्षणमा परेका उनीहरूले दुई वर्षको रोमान्सलाई विवाहका रूपमा परिणत गरे ।
झरना बज्राचार्य
म्युजिक भिडियो तथा अभिनयमा छुट्टै पहिचान बनाएकी अभिनेत्री तथा मोडल झरना बज्राचार्यको विवाह प्रसंग पनि चर्चित बन्यो । जर्मन नागरिकसागको इन्गेजमेन्टलाई तोड्दै उनले फिल्म ‘सेफ लेन्डिङ’का निर्माता राहुल अग्रवालसाग विवाह गरिन् । झरनाले यस फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेकी थिइन् ।
सौगात विष्ट
७ वर्ष ३ सय ४० दिनमा फिल्म ‘लभ यु बाबा’को निर्देशन गरेर विश्वकै कान्छो निर्देशकका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका सौगात विष्ट फिल्म क्षेत्रमा चर्चित व्यक्तिका रूपमा चिनिए । फिल्मले अपेक्षित व्यापार त गरेन तर सोही फिल्म विश्वसामु नेपालमा पनि फिल्म उद्योग छ है भन्ने सन्देश छर्न सफल भयो । नेपालका मिडियामा मात्र होइन भारतीय मिडियाले पनि सौगातको समाचारलाई प्राथमिकताका साथ छापे ।
प्रियंका कार्की
चर्चा र विवादमा आउने अर्को नाम हो प्रियंका कार्की । फिल्म ‘नाई नभन्नु ल २’को सक्सेस पार्टीको कार्यक्रममा उनको तस्बिर लिादा भित्री वस्त्र देखिएपछि मिडियामा उनी निकै चर्चित बनिन् । तस्बिर विरुद्ध उजुरी गरेपछि चलचित्र पत्रकार संघको सक्रियतामा उक्त विवाद समाधान गरिएको थियो । वर्षभरी रिलिज भएका फिल्म मध्ये ‘नाई नभन्नु ल ३’ले उनको करियरमा प्लस प्वाइन्ट गरे पनि अन्य फिल्म फ्लप हुादा पनि उनी चर्चित बनिन् ।
रेखा थापा
वर्षैपिच्छे प्राय: चर्चामा आइरहने नाम हो, रेखा थापा । ०७१ मा पनि उनी चर्चामै रहिरहिन् । रेखाले निर्माण र निर्देशन गरेको फिल्म ‘हिम्मतवाली’ त हिट भयो नै, उनीसागै अभिनय गर्ने डेब्यु कलाकार सुदर्शन गौतमसागको सम्बन्धलाई लिएर पनि हिट भइन् । फिल्म प्रदर्शन नहुन्जेल हिट भएको उनीहरूको सम्बन्ध फिल्म हिट भए पछि छाायामै पर्यो । यो फिल्ममा श्याम भट्टराईलाई निर्देशकका रूपमा लिएर काम सुरु गरिए पनि पछि उनैसाग मनमुटाव भएपछि रेखा आफौले निर्देशन गरेकी थिइन् ।
जसलाई फिल्म क्षेत्रले गुमायो
श्रीकृष्ण श्रेष्ठ
स्वच्छ, निष्कलंक र सदावहार अभिनय गर्ने कलाकारका रूपमा पहिचान अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनले फिल्म क्षेत्र ठूलो शोकमा डुब्यो । आफूले निर्माण गरेको दोस्रो फिल्म ‘कोहिनूर’ रिलिज भएको दुई दिन बित्न नपाउादा उनको भारतमा निधन भएको थियो । फिल्मकी नायिका स्वेता खड्कासाग विवाह गरेको एक महिना बित्न नपाउादै उनले संसार छाडेका थिए । फिल्म ‘भुमरी’बाट अभिनय यात्रा शुरु गरे पनि उनले ‘नाता’बाट नायकका रूपमा आफूलाई स्थापित गरेका थिए । ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘सुखदु:ख’, ‘ए मेरो हजुर’, ‘कहाा भेटिएला’ लगायतका फिल्म उनी अभिनित चर्चित फिल्म हुन् ।
आलोक नेम्बाङ
म्युजिक भिडियो निर्देशनमा सर्वाधिक चर्चित निर्देशक रहादा फिल्म निर्देशनमा पनि आएका निर्देशक आलोक नेम्बाङको निधनले पनि फिल्म क्षेत्र शोकमा पर्यो । आफूले निर्देशन गरेको फिल्म ‘अझै पनि’को पोस्ट प्रोडक्सन भइरहादा उनले धापासीस्थित निजी निवासमा कात्तिकको तेस्रो साता आत्महत्या गरेका थिए । ‘सानो संसार’ र ‘कोही मेरो’ फिल्मका यी अविवाहित निर्देशकले निर्देशन गरेको फिल्म ‘अझै पनि’ व्यावसायिक रूपमा फ्लप बन्यो । उनले निर्देशन गरेका अधिकांश म्युजिक भिडियो नेपाली सांगीतिक क्षेत्रमा अझै चर्चित छन् ।
प्रदीप रिमाल
फिल्म ‘के घर डेरा’, ‘माया’ नेपाल भाषाको फिल्म ‘सिलु’ लगायतका फिल्मका निर्देशक प्रदीप रिमालको ७८ वर्षको उमेरमा अमेरिकामा निधन भएको थियो । ‘माया’मा रहेको ‘मन्दिरमा छ कि मुर्तिमा माया’ बोलको गीत चर्चित बनेको थियो । रिमाल फिल्म बाहेक वृत्तचित्र निर्माणमा पनि व्यस्त हुन्थे ।
प्रतिक्रिया