मुम्बई हमलाका योजनाकार पाकिस्तानमा रिहा, भारत असन्तुष्ट

Lakhvi

काठमाडौं, २७ चैत । सन् २००८ मा भारतको मुम्बईमा भएको आतंकवादी हमलाका मुख्य योजनकार मानिएका जाकिर रहमान लक्भी पाकिस्तानी जेलबाट रिहा भएका छन् ।

रावलपिन्डीका कारागार अधिकारीका अनुसार लक्भीर शुक्रबार बिहान रिहा भएका हुन् । बीबीसी समाचारका अनुसार भारतका गृहमन्त्री राजनाथ सिंहले यस घटनालाई ‘दुर्भाग्यपूर्ण र निराशाजनक’ भनेका छन् ।

लक्भीलाई डिसेम्बरमा जमानत दिइएको थियो तर सार्वजनिक व्यवस्था कानुनअन्तर्गत थुनछेकमा राखिएको थियो।

प्रतिक्रिया