तेहरान, २४ चैत । इरानका आठजना सीमा सुरक्षाकर्मीको पाकिस्तानको सीमाक्षेत्र नजिकै हत्या भएको छ ।
सुन्नी मुस्लिमहरुसँगको झडपका क्रममा उनीहरुको हत्या भएको बताइएको छ ।
हत्याको समचार इरानी समाचार समिति इर्नाले मङ्गलबार दिएको छ ।
पाकिस्तानतर्फबाट घुसपैठ भइआएका सशस्त्र हतियारधारीले ती सुरक्षाकर्मीको हत्या गरेका हुन् । सीमासुरक्षकसँग उनीहरुको झडप भएको र आठजना इरानी सुरक्षागार्ड मारिएका हुन् ।
सुन्नी मुस्लिमहरुको बाहुल्यता रहेकाले यसअघि पनि पटक पटक उनीहरुले यसरी आक्रमण र हत्या गर्ने गरेका छन् ।
प्रतिक्रिया