तीन हजार शिक्षकको दरखास्त आह्वान

Teacher-Sikshyaकाठमाडौं, २४ चैत । शिक्षक सेवा आयोगले पुनः दोस्रो पटक स्थायी शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आज माध्यमिक र निम्न माध्यमिक तहका लागि स्थायी दरखास्त आह्वान गरेको हो । यसअघि २०६९ सालमा करीव १३ हजार ५९ स्थायी शिक्षकको आह्वान गरी पदपूर्ति गरिसकेको छ ।

आयोगले यसपटक तीन हजार २ सय ४९ शिक्षकको विज्ञापन गरेको सूचनामा उल्लेख छ । आयोगले २०६३ वैशाख ११ गते पछिका रिक्त शिक्षकको दरवन्दी आह्वान गरेको हो ।

विभिन्न जिल्लाबाट रिक्त शिक्षकको दरवन्दी खाली भएपछि शिक्षा विभागले उक्त तथ्याङ् उपलब्ध गराएको थियो ।

आयोगले यसपटक क्षेत्रीय तहमा रिक्त शिक्षकको विज्ञापन गरेको छ ।
माग गरिएअनुसार माध्यमिकमा १ हजार ३ सय ८५ र निम्न माध्यमिकमा १ हजार ८ सय ६४ पदको विज्ञापन गरेको छ ।

आयोगले माध्यमिकतर्फ सुदूर पश्चिमाञ्चलमा १ सय १५, मध्य पश्चिमाञ्चलमा १ सय ५५, पश्चिमाञ्चलमा ३ सय ४२, मध्यमाञ्चलमा ४ सय ८४ र पूर्वाञ्चलमा २ सय ८९ पद तथा निमावितर्फ सुदूर पश्चिमाञ्चलमा १ सय ३५, मध्य पश्चिमाञ्चलमा २ सय २६, पश्चिमाञ्चलमा ५ सय १४, मध्यमाञ्चलमा ५ सय ८८, पूर्वाञ्चलमा ४ सय पदमा आह्वान गरेको छ ।

आयोगले सबैभन्दा बढी अंग्रजी विषयमा शिक्षक माग गरेको छ । कुल माग गरिएको मध्ये अंग्रेजीमा ८ सय ३८ जना मागिएको छ । जसमा मावितहमा ३ सय ३३ र निमाविमा ५ सय ५ जना रहेका छन् । यस्तै सबैभन्दा कम माविको शिक्षा र संस्कृत ब्याकरणमा १–१ जनाका लागि मात्रै विज्ञापन खोलिएको छ ।

अंग्रेजीपछि निमावि नेपालीमा बढी शिक्षक मागिएको छ । नेपालीमा ३ सय १८ माग गरेको छ । मावि गणितका लागि २ सय १७, नेपालीका लागि २ सय १२, सामाजिकका लागि १ सय ९९, लेखाका लागि ४०, स्वास्थ्य जनसंख्या तथा वातावरणका लागि २४ र अर्थशास्त्रका लागि १६ पदका लागि विज्ञापन गरिएको छ ।

निमाविको गणित र विज्ञानमा २ सय ९४ र सामाजिकमा २ सय ७७ पदका लागि विज्ञापन गरिएको छ । यस्तै माविको विज्ञानमा २७४, निमाविको विज्ञानमा २ सय ३९ र गणितमा २ सय २३ पदका लागि विज्ञापन गरिएको छ ।

यस्तै कम शिक्षक माविका लागि संस्कृत ब्याकरमा १ र निमाविमा ४ र माविको कम्युटर विज्ञान स्वास्थ्य शारीरिक र संस्कृत साहित्यका लागि २ –२ वटा पदका लागि विज्ञापन गरिएको छ ।

यस्तै माविको संस्कृत भाषाका लागि ३ पदका लागि विज्ञापन खोलिएको छ । आयोगले वर्षेनि विज्ञापन खोल्ने तयारी गरेपनि राजनीतिक दल निकट शिक्षक संगठनहरुका कारण खोल्न सकेको थिएन ।

प्रतिक्रिया