केन्याको क्याम्पसमा आक्रमण, १४७ को मृत्यु

kenya attack

गरिसा, २० चैत । केन्याको उत्तर–पूर्वी क्षेत्रस्थित एक क्याम्पसमा हतियारधारीले गरेको आक्रमणमा परी मारिनेको संख्या १४७ पुगेको छ ।

बिहीबार गरिसा क्याम्पसमा सोमालियाली अल सबाबका हतियारधारीले आत्मघाती आक्रमण गरेका थिए । सो हिंसात्मक आक्रमणमा परी हिजो नै सय जनाभन्दा बढीको ज्यान गएको थियो ।

यो हिंसालाई सन् १९९८ मा भएको बम विस्फोटपछिको सबैभन्दा खतरनाक घटनाका रूपमा लिइएको छ ।
अधिकारीहरुले चार आक्रमणकारीले भेस्टमा बम राखेर हमला गरेका बताएका छन् । विस्फोटक पदार्थले भरिएको भेस्ट लगाएका उनीहरु पनि मारिएका हुन् ।

ज्यान जानेमा सबैजसो विद्यार्थी नै परेका छन् । उनीहरु सुतिरहेको अवस्थामा सो हमला भएको हो । हतियार र विस्फोटक पदार्थले सुसज्जित उनीहरुले सुतिरहेको अवस्थाका विद्यार्थीमाथि आक्रमण गरेका थिए ।

हमलामा परी ७९ व्यक्ति गम्भीर रुपमा घाइते भएका छन् ।

प्रतिक्रिया