क्लासिकसँग क्लोथ्सको सहकार्य

Classicकाठमाडौं । फिल्म ‘नोभेम्बर रेन’ पछि सुवास इन्टरटेन्टमेन्ट र आर्यन सिग्देल इन्टरटेन्टमेन्टले संयुक्त रूपमा निर्माण गर्न लागिरहेको फिल्म ‘क्लासिक’ सँग क्लोथ्स् नेपाल नामक पहिरन बिक्री गर्ने संस्थाले सहकार्य गर्ने भएको छ । अनलाइनमार्फत आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै आएको क्लोथ्स नेपालले फिल्ममा प्रयोग गरिने सम्पूर्ण पोशाकको व्यवस्थापन गर्नेछ ।
संस्थाले राजधानीमा सञ्चालन गरेको आधिकारिक बिक्री केन्द्रको ‘क्लासिक’ का कलाकारद्वय आर्यन सिग्देल र नम्रता श्रेष्ठले शुभारम्भ गरेका छन् । केन्द्रका सञ्चालक रघु थापाले फिल्मसँग पोशाक व्यवस्थापनको सहकार्य गर्न पाउदा खुसी लागेको बताए । फिल्म ‘मेरो एउटा साथी छ’ मार्फत दर्शकमाझ रोमान्टिक जोडीका रूपमा उदाएका आर्यन र नम्रताले ‘नोभेम्बर रेन’ मा पनि त्यही छापलाई छोड्न सफल भएका छन् ।
वैशाख १५ गतेबाट सुटिङका लागि फ्लोरमा जाने ‘क्लासिक’ लाई दिनेश राउतले निर्देशन गर्दैछन् । राउतले नै फिल्म ‘नोभेम्बर रेन’ को पनि निर्देशन गरेका हुन् । दृष्टिविहीन प्रेमजोडीको कथा रहने ‘क्लासिक’ मा सुवास गिरी निर्माता छन् । फिल्ममा ताराप्रकाश लिम्बूको संगीत, छेतन गुरुङको कथा र राजेश श्रेष्ठको छायांकन रहेको छ । (सौस)

प्रतिक्रिया