उत्तरपुस्तिका परीक्षण वैशाखमै सकिने

काठमाडौं, १२ वैशाख । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका (एसएलसी) परीक्षाको उत्तरपुस्तिका परीक्षणको काम वैशाख महिनाभित्र सम्पन्न गर्ने भएको छ । ६७ परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद द्वारेले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको जानकारी गराए । उनले यो महिनाको अन्तिममा सबै उत्तरपुस्तिका परीक्षण गरिसक्ने बताए ।
‘अहिले उत्तरपुस्तिका परीक्षण धमाधम भइरहेको छ । कतिपय ठाउँमा सकिएको पनि छ,’ उनले भने, ‘सबै यो महिनाको अन्तिममा सकिन्छ ।’
उनले वैशाखमा परीक्षण गरिसकेपछि जेठ महिनामा इकोडिङ र डिकोडिङ गरिने जानकारी गराए ।
यस वर्षको एसएलसी परीक्षामा पाँच लाख ७४ हजार छ सय ८५ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ छात्र दुई लाख १२ हजार पाँच सय चार र छात्रा दुई लाख १३ हजार सात सय १० गरी चार लाख २६ हजार दुई सय १४ तथा एक्जामटेडतर्फ एक लाख ४५ हजार एक सय ८३ र प्राविधिकतर्फ तीन हजार दुई सय ८८ विद्यार्थी सहभागी भएका थिए ।
असारको पहिलो सातासम्म परीक्षाफल प्रकाशित गरिसक्ने तयारी छ । यस वर्षको एलएलसी चैत ५ गतेदेखि भएको थियो ।

प्रतिक्रिया