आइएस अमेरिकाका लागि बढी चुनौतीपूर्ण

ISवासिंगटन, ११ वैशाख । अमेरिकी समाचार संस्थाहरूले इराक र सिरियामा भयानक आतंक मच्चाइरहेका आइएसआइएस (इस्लामिक स्टेट) आतंककारीहरू इरान र रसियाका लागिभन्दा अमेरिकाका लागि निकै खतरापूर्ण रहेको जनाएका छन् ।

सिएनएनले अमेरिकी नागरिकसँग सर्वेक्षण गरेर यस्तो निश्कर्ष निकालेको हो । सिएएनएनले विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिएर यो सर्वेक्षण प्रतिवेदन तयार गरेको होे ।
ब अमेरिकाका लागि गम्भीर रूपमा चुनौतिपूर्ण रहेको जनाए । यसैगरी, ३९ प्रतिशतले इरान, ३२ प्रतिशतले उत्तर कोरिया र २५ प्रतिशतले रसियाका लागि चुनौतिपूर्ण रहेको मत प्रकट गरे । समग्रमा, आइएसआइएस विश्वमै गम्भीर चुनौतिपूर्ण रहेको भन्ने ९० प्रतिशतको मत थियो ।
सर्वेक्षणमा ६८ प्रतिशत डेमोक्र्याट समर्थक, ७९ प्रतिशत रिपब्लिकन समर्थक र ६३ प्रतिशत स्वतन्त्र विचारधारा समर्थक समावेश थिए । मार्च महिनामा सिएनएन÷ओआरसीले गरेको यस्तैखाले सर्वेक्षणमा ७९ प्रतिशत अमेरिकीले इस्लामिक स्टेटले आन्तरिक द्वन्द्व बढाई अमेरिकी क्षेत्रमा ठूलो युद्धको खतरा उत्पन्न हुनसक्ने चिन्ता प्रकट गरेका थिए । बहुसंख्यकले इस्लामिक स्टेटका युद्ध तथा हिंसाजन्य सबै गतिविधि नियन्त्रण गर्न अमेरिका पूर्ण सफल हुनेमा विश्वस्त रहेको मत प्रकट गरेका थिए ।

प्रतिक्रिया