‘झोला’ विक्री गर्दा कारबाही

Plastic-Jholaकाठमाडौं, १० वैशाख । सरकारले राजधानी उपत्यकामा मापदण्डविपरितका प्लाष्टिकका झोला विक्री, वितरण गर्ने विक्रेतालाई कारबाही गरेको जनाएको छ ।

सरकारले दिएको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म ७ सय विक्रेतालाई कारबाही गरिएको छ ।

त्यसै गरी २८ वटा डिपार्टमेन्टल स्टोर र कालिमाटीलगायत विभिन्न स्थानका तरकारी बजार तथा उपत्यकाभर अन्य थोक तथा खुद्रा विक्रेताको अनुगमन गरिएको छ ।

यस क्रममा मापदण्डविपरीतका झण्डै ७ सय किलो (७ क्विन्टल) प्लाष्टिकका झोला जफत गरिएको छ ।

८ वटा थोक विक्रेता, एक डिपार्टमेन्टल स्टोर र दुई जना व्यक्तिलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ ।

उपत्यकामा मापदण्ड विपरीतका प्लाष्टिक झोला आयात हुन नदिन विभागले उपत्यका प्रवेश गर्ने तीन वटा नाकामा टोली खटाइ निगरानी, झोला जफत गरिरहेको छ ।

प्रतिक्रिया