सरकार बनाउन १४ दिनको समय

Gatbandhan-Sarkar-ka-lagi--जेरुसेलम, ८ वैशाख । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ सरकार गठन गर्न थप १४ दिनको समय दिइएको छ । प्रधानमन्त्री नेतान्याहुले चार सातासम्म गहन वार्तापछि पनि गठबन्धन सरकार गठन गर्ने प्रयास गरेका छन् । इजरायलमा एक दलको बहुमत प्राप्त गर्ने अवस्था हालसम्म देखिएको छैन र यस प्रकारको पाइला असामान्य मानिन्छ । यहाँ सरकारमा रहने साझेदार दलबीच लामो वार्ता भइरहने अवस्था देखिने गर्छ । गत महिनाको आमनिर्वाचनमा नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टीले सबैभन्दा अधिक स्थानमा विजय प्राप्त गरेको थियो । इजायली प्रधानमन्त्रीलाई नयाँ सरकार गठन गर्न मार्च २५ मा आग्रह गरिएको थियो ।
उनलाई सरकार गठन गर्न २८ दिनको समय दिइएको थियो भने बुधबारसम्म कुनै सम्झौता हुने नदेखिएपछि उनले सोमबार समय थप्न आग्रह गरेका थिए । इजरायलको प्रमुख रेडियो स्टेसनले प्रधानमन्त्री नेतान्याहुलाई सरकार गठन गर्न थप १४ दिनको समय दिइएको उल्लेख गरेको छ । संक्रमणको सरकारले संसद्को विश्वासको मत प्राप्त नगरेकाले इजरायली जनताले नयाँ सरकारको खोजी गरिरहेको बताइएको छ । अब प्रधानमन्त्री नेतान्याहुसँग सरकार गठन गर्न मे ६ सम्मको समय रहेको छ ।

प्रतिक्रिया