छ महिनापछि डोल्पाका विद्यालय खुल्न सुरू

Upper-Dolpoडोल्पा, ६ वैशाख । गत मङ्सिर महिनादेखि नै बन्द भएका उपल्लो डोल्पाका विद्यालय बल्ल खुल्न सुरु गरेका छन् ।

मङ्सिरमा सुरु हुने वार्षिक परीक्षा सकाएर जाडो छल्न बेंसी झरेका शिक्षक विद्यार्थीहरु गाउँ फर्किन सुरू गरेपछि विद्यालय खुल्न सुरु भएको हो ।

उपल्लो डोल्पामा कात्तिक महिनादेखि नै भारी हिमपात सुरु भई चिसो अत्यधिक बढ्ने भएकाले हरेक वर्ष उपल्लो डोल्पाका विद्यालय मङ्सिरदेखि नै बन्द हुने गरेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।

डोल्पाको उत्तरी भेगमा पर्ने साल्दाङ, भिजेर, तिन्जे, मुकोट, छार्का, धोलगायतका गाविसमा मङ्सिर महिनादेखि चिसो बढ्ने भएकाले सबै गाउँले हिउँद कटाउन तल्लो डोल्पा झर्ने गर्दछन् ।

उपल्लो डोल्पामा १८ वटा प्राथमिक र एक वटा माध्यमिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया