नमोबुद्धमा दीपाको ‘श्वेत आकांक्षा’ विमोचन

Shwet akangchhaकाठमाडौं । हङकङलाई कर्मथलो बनाएकी कवयित्री दीपा एवाईले दोस्रो कृति ‘श्वेत आकांक्षा’ प्रकाशनमा ल्याएकी छन् ।

हङकङको जोर्डनस्थित नमोबुद्ध क्लबमा हालै आयोजित कार्यक्रममा दीपाको दोस्रो कविता संग्रहको विमोचन गरियो । यसमा ४० वटा कविता संग्रहित रहेको उनले बताइन् ।

इलाम समाजको आयोजनामा भएको कार्यक्रममा ‘साब्लाबुङ’ साहित्यिक पत्रिकाका प्रकाशक तथा सम्पादक राजकुमार राई, किरात राई यायोक्खा हङकङका अध्यक्ष शशिमदन राई, हेभन्ली पाथका उपाध्यक्ष हेमबहादुर गुरुङ, कमर्स अफ चेम्बरसका दासुराम पराजुली, गैरआवासीय नेपाली संघ हङकङका दुर्गा गुरुङ, बगैंचा पब्लिकेसनका नरेश सुनुवार, समीक्षक समाजका हेम लावती, कवि हाङयुग अज्ञातलगायतको उपस्थिति थियो ।

जेबी पुन र शरण सुब्बाले यस कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । वसन्त राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुआतमा साकेला सिली प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया