बङ्गलादेशमा बालविवाह बढ्दो

Child Marrigढाका, १६ चैत । बङ्गलादेशमा अझै ग्रामीण क्षेत्रमा बाल विवाह बढ्दोमात्रामा रहेको छ । बङ्गलादेशका ग्रामीण क्षेत्रमा बाल विवाहको अवस्था निकै खतरनाक रहेको बताइएको छ ।

महिला सशक्तीकरणको अभाव तथा ग्रामीण क्षेत्रमा व्याप्त चेतनाको अभावमा बङ्गालादेशका विभिन्न भू–भागमा अझै पनि बाल विवाहको अवस्था निकै नै खतरनाक रहेको पाइएको छ ।

बङ्गलादेशको कानुन बमोजिम विवाहका लागि महिलाको कानुनी उमेर १८ र पुरुषका लागि २१ वर्षको रहेको छ । तर त्यसमा व्यापकमात्रामा उल्लङ्घन हुने गरेको समाचारहरूमा जनाइएको छ ।

प्राप्त समाचारमा बङ्गलादेशका ग्रामीण क्षेत्रमा अहिले पनि ११ देखि १२ वर्षको उमेरमा बालिकाको विवाह हुने गरेको छ ।

बङ्गलादेशका अधिकारीहरूका अनुसार बालविवाहका विभिन्न कारणहरू रहेका छन् । ती मध्येका विशेष कारणहरूमा गरिबी, अन्धविश्वास, अशिक्षा र सामाजिक सुरक्षाको अभावजस्ता रहेका छन् ।

बङ्गलादेशको जनसङ्ख्या बृद्धिदर २ प्रतिशत रहेको छ । बङ्गलादेशमा यो जनसङ्ख्या बृद्धिदर बढी हो । जनसङ्ख्याको बृद्धि नै विस्फोटक रहेको भनी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताउँदै आएको भए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन ।

हाल बंगलादेशको जनसङ्ख्या १६ करोडभन्दा पनि बढी छ । बङ्गलादेश संसारकै सबैभन्दा धेरै जनघनत्व भएको देशमा पर्छ ।

प्रतिक्रिया