मेरिल्याण्डमा । यूनिर्भसल युनाईटेड नेप्लीज तेक्वान्दो फेडेरेशन अनटिएफले नेपाली खेलकुदको विकासका लागि गैर आवसीय नेपालीसंघ स“ग सहकार्य गर्ने प्रस्ताव गरेको छ ।
अमेरिकाको मेरिल्याण्डमा सम्पन्न अनटिएफको बैकठकले दुबै संस्था विश्वव्यापी भएकाले खेलकुदको विकासका लागि सगसगै जान प्रस्ताव गरेको हो । बैठक एनटिएफका अध्यक्ष राजकुमार राईको सभापतित्वमा भएको थियो ।
अनटिएफका महासचिव लव गोर्खालीका अनुसार सस्थाको उदेश्य विश्वभर छरिएका तेक्वान्दोकर्मीलाई एकीकृत गर्दै नेपाली तेक्वान्दोको विकास गर्ने भएकाले र एनआरएन सग सहकार्य गर्दा उद्देश्य प्राप्तिमा सहज हुने भन्दै यस्तो निर्णय गरिएको हो ।
बैठक पछि अनटिएफका अध्यक्ष राईले एनआरएन एनसीसी अमेरिकको तेस्रो साधरण सभामा सस्थाको बारेमा जानकारी गराएका थिए । साधरण सभामा एनटिएफकाको तर्फबाट तेक्वान्दो प्रर्दशनी गरिएको थियो ।
मास्टर कुमार कार्कीसहित ओलम्पियनद्वय प्रमिला थापा र सिता राई, राजु तिमिल्सिना,कृष्ण मुरारी खड्का, कल्पना कार्की, कृशा कार्की, क्यानडाबाट सतिश राई र आइटिएफका कृष्ण बलालले प्रर्दशनीमा भाग लिएका थिए ।
सोही अवसरमा एनआरएन एनसीसी अमेरिकाको तेस्रो साधरण सभाका लागि अनटिएफको तर्फबाट दुई हजार अमेरिकी डलर सहयोग प्रदान गरिएको थियो । अनटिएफका अध्यक्ष राजकुमार राईले एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीलाई रकम हस्तान्तरण गरेका थिए ।
यसै बीच बैठकले एनटिएफको दोस्रो साधरण सभा आगामी वर्ष अमेरिकाको पोर्टल्याण्डमा गर्ने निर्णय गरेको छ । सस्थाको पहिलो साधरण सभा गत बर्ष लण्डनमा भएको थियो । अनटिएफको मुख्य उद्देश्य विश्वभरी छरिएका तेक्वान्दो कर्मीलाई एकीकृत गर्दै नेपाली तेक्वान्दोको विकासमा एकमुष्ट सहयोग गर्ने रहको छ ।
प्रतिक्रिया