जहाँ महिलाले पुरुषले भन्दा धेरै चुरोट खान्छन्….

women smoking --4नयाँ दिल्ली । सूर्ती र चुरोट सेवन अर्थात् धुमपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । यो कुरा सबैलाई थाहा छ ।

तर यसो भए पनि युवाहरूमा धुमपानको लत बढ्दै गइरहेको पाइएको छ ।

अझ दिक्कलाग्दो कुरा त के भने पुरुषको तुलनामा महिलाहरूमा धुमपानको लत धेरै र बढ्दो अवस्थामा देखा पर्न थालेको छ ।

सबैलाई छक्क पार्ने यो तथ्यांक हाम्र्रै छिमेकी भारतमा देखा परिरहेको छ ।

एजेन्सीको रिपोर्ट अनुसार, ग्लोबल एडल्ट टोब्याकोले गरेको सर्वेक्षणमा आधारित विश्व टोब्याको एटलसको पाँचौं संस्करणमा यो तथ्यको खुलासा भएको छ ।

उक्त सर्वेक्षण अनुसार वर्ष २००९–१० को तुलनामा वर्ष २०१३ मा भारतीय पुरुषहरूमा धुमपानको दरमा निकै कमी आएको छ, women smoking --6तर सोही अवधिमा धुमपान गर्ने महिलाहरूको संख्यामा भने त्यत्ति नै वृद्धि भएको छ ।

सन् २०१३ को तथ्यांक अनुसार, एटलसमा प्रकाशित तथ्य भन्दछ– भारतमा २३.२ वयस्क पुरुष धुमपान गर्दछन् ।


ग्लोबल एडल्ट टोब्याको सर्वे (जिएटिएस) द्वारा सार्वजनिक गरिउको फ्याक्ट सिट अनुसार २००९–१० मा भारतमा २४.३ प्रतिशत पुरुष धुमपानका अम्मली थिए ।
women smoking --3यस विपरीत टोब्याको एटलस अनुसार धुमपान गर्ने महिलाहरूको प्रतिशत ३.२ छ जुन जिएटिएसद्वारा सार्वजनिक गरिएको फ्याक्ट सिटको हिसाबले २००९–१० मा २.९ प्रतिशत थियो ।

धुमपानका अम्मली महिलाहरूको संख्याको वृद्धि सम्पूर्ण विश्वमै देखा परिरहेको छ, यद्यपि यसमा जापान जस्ता देशको तथ्यांक समावेश गरिएको छैन किनभने जापानमा पछिल्ला केही वर्षदेखि धुमपानका अम्मलीको संख्यामा कुनै थपघट छैन, बर स्थिरता मात्र छ ।

जिएटिएस एटलसले अनुमान लगाउँदै भनेको छ– धुमपानले सोझै फोक्सोमा असर पार्दछ । र, पछिल्ला अनेक वर्षदेखि अधिकतम महिलाहरू फोक्सोको क्यान्सरले गर्दा बे्र्रस्ट क्यानसरको सिकार हुने गरेको देखिएको छ ।

 

प्रतिक्रिया