‘एन्फाका सदस्यहरूलाई रक्सी खुवाउने होडवाजी’

Ganesh Thapaकाठमाडौं, ५ चैत । अखिल नेपाल फुटब संघ (एन्फा)का उपाध्यक्ष कर्मा छिरिंग शेर्पाले एन्फाको आर्थिक अनियमिततासम्बन्धी छानबिन सकिएको प्रचार गरिए पनि छानबिन यथाबत रहेको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष गाणेश थापासहित एन्फा पदाधिकारीले आर्थिक अनियमितता गरेको आरोप लगाउदै संघर्ष गरिरहेका उपाध्यक्ष शेर्पा, अर्का उपाध्यक्ष विजयनारायण मानन्धर र सदस्य पंकजविक्रम नेम्बाङले यस्तो दावी गरेका हुन् ।

उपाध्यक्ष शेर्पाले भने, ‘साधारण सभा नबोलाउने, जिल्ला प्रतिनिधिलाई सुन्धाराका होटलमा राखी रक्सीको खोलोमा डुबाउने र निर्णयमा त्यत्तिकै हस्ताक्षर गराउने काम नेतृत्वले गरेको छ ।’

उपाध्यक्ष शेर्पाले गोलप्रोजेक्टअन्तरगत १० जिल्लाका लागि बजेट तयार भए पनि यसको काममा ध्यान नदिइएका कारण जिल्ला फुटबल संघका अधिकारी सचेत हुनु पर्ने औल्याए ।

बुधबार फुटबल संघको बैठक भए पनि शेर्पा, मानन्धर र नेम्बाङ उपस्थित भएनन् । उनीहरुले थापा नेतृत्वमा गलत व्यबस्थापन भएका कारण नेपाली फुटबलले १९ वर्ष उपाधिहीन यात्रा गरेको आरोप लगाए ।

प्रतिक्रिया