गोसाइँकुण्डमा पर्यटकको आगमन सुरु

gosaikunda_lake1रसुवा, २ चैत । उच्च भागमा अविस्थत धार्मिक एवम् पर्यटकीय क्षेत्र गोसाइँकुण्डमा पर्यटकको आगमन सुरु भएको छ ।

गोसाइँकुण्डका होटल व्यवसायी ढिड्न्डुप तमाङका अनुसार दोस्रो यामअन्तर्गत पर्यटकको आगमन सुरु भइसकेको र होटल लजको सुदृढीकरण गर्ने कार्य सम्पन्न भइसकेको छ ।

पैदल मार्गका ठाउँ ठाउँमा यथेष्ट खाद्यान्न व्यवस्थापनका लागि प्रमुख व्यापारिक केन्द्रबाट खाद्यान्न ढुवानी गर्ने कार्य पनि सुरु भएको छ ।

दोस्रो यामअन्तर्गत धार्मिक मार्गका १७ पर्यटक होटल व्यवसायीले करिब एक करोड आय गर्ने अनुमान रहेको चन्दनबारीका व्यवसायी सुब्बा तामाङले बताए ।

प्रतिक्रिया