बागलुङको निर्वाचन बहिष्कार गर्न अपील

UCPN-Maoist-flagकाठमाडौं, १ चैत । नेकपा–माओवादीले बागलुङमा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्न अपील गरेको छ ।

नेकपा–माओवादीले आज विज्ञप्ति जारी गरेर विद्यमान अवस्थामा उपनिर्वाचनको कुनै औचित्य नहुने जनाएको हो । उसले निर्वाचन बहिष्कार गरेर सहयोग गर्न भनेको छ ।

‘विद्यमान यो स्थितिमा वाग्लुङ क्षेत्र नम्बर १ को उपनिर्वाचन औचित्यहिन रहन गएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सम्पूर्ण जनसमुदाय र जनताको संघीय गणतन्त्रको संविधानका पक्षधर राजनैतिक शक्तिहरूलाई उक्त निर्वाचन बहिष्कार गर्न हाम्रो पार्टी विशेष अपील गर्दछ ।’

नेकपा–माओवादीले आफूले प्रस्ताव गरेअनुसार संविधानसभाको विघटन गरी परिवर्तनकारी सबै राजनैतिक शक्तिहरुको सर्वपक्षीय राजनैतिकसभा आयोजना गरी जनताको संघीय गणतन्त्रात्मक संविधान जारी गर्नु पर्ने औचित्यता अझ प्रष्ट भएको दाबी गरेको छ ।

प्रतिक्रिया