ब्राजिलमा बस दुर्घटना, ४२ को मृत्यु

Brazil accidentरियो डि जेनेरियो, १ चैत । ब्राजिलमा बस दुर्घटनामा परी कम्तीमा ४२ जना यात्रुको ज्यान गएको छ ।

बस एउटा साँघुरो गल्लीबाट खस्दा भएको दुर्घटनामा ती यात्रुको ज्यान गएको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो दुर्घटनाबाट अरु कयौँ घाइते भएका छन् । पर्यटक बोकेको बस साँघुरो गल्लीमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइतेको उद्वार गरिएको पनि जनाएको छ ।

सुरुमा सो दुर्घटनामा परी मृत्यु भएका ३० मात्र यात्रुको शव निकालिएको थियो । उद्वारकै क्रममा थप शव भेटिएको जनाइएको छ ।

दक्षिणी ब्राजिलको सान्ता क्याटारिना राज्यमा सो दुर्घटना भएको हो । दुर्घटनास्थल अत्यन्तै बिकट रहेकोले उद्वारको काम पनि गाह्रो भएको बताइएको छ । बस ४०० मीटर गहिरो गल्छीमा खसेको उद्वारमा खटिएको प्रहरीले जानकारी दिएको छ । घाइतेको उद्वार अझै पनि जारी छ ।

प्रहरीका अनुसार घाइतेमध्ये तीन जना बालबालिकाको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको छ । घाइतेलाई पनि निकै क्षतविक्षत अवस्थामा उद्वार गरिएको छ । उक्त बसमा ५० यात्रु रहेको अनुमान गरिएको छ । तर अधिकारीले भने उक्त बसमा अरु पनि धेरै यात्रु रहेको अनुमान गरेका छन् ।

उक्त बस डोना फ्रान्सिस्का पहाडनजिकै पुगेर दुर्घटनाग्रस्त बनेको थियो । पहाड पर्यटकको एक आकर्षणको केन्द्र हो । सोही पहाडको दृश्यावलोकनका लागि पर्यटक त्यसतर्फ गइरहेका थिए । एजेन्सी

प्रतिक्रिया