दाहाल र बैद्यबीच एक घण्टा गोप्य वार्ता

Mohan-Baidhya-&-Puspakamal-काठमाडौं, २९ फागुन । पार्टी एकता र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा एकीकृत माओवादी र नेकपा–माओवादीबीच वार्ता भएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज बिहान करिब एक घण्टा भएको वार्तामा सरकारबिरुद्धको आन्दोलनका विषयमा पनि छलफल भएको छ ।

वार्तामा अध्यक्ष दाहालले पार्टी एकीकरण गरेर कांग्रेस-एमालेबिरुद्धको अन्दोलन सशक्त बनाउन प्रस्ताव गरेको स्रोतको भनाइ छ ।

यद्यपि, अध्यक्ष मोहन बैद्यले भने पार्टी एकीकरणका लागि पहिला राजनीतिक मुद्दामा सहमति गर्न दाहालसँग आग्रह गरेका थिए ।

स्रोतले भन्यो, ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग संविधानसभा छाडेर सडकमा आउन र सर्वपक्षीय संविधानका लागि पहल गर्न अध्यक्ष बैद्यको प्रस्ताव छ ।’

दुबै अध्यक्षबीच समग्र राजनीतिक विषयमा छलफल भए पनि ठोस सहमति नभएको स्रोतको भनाइ छ ।

अध्यक्षसँगको वार्ताका लागि नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य, महासचिव रामबहादुर थापा लाजिम्पाट पुगेका थिए ।

दुई माओवादीबीच पार्टी एकीकरणको समाचार आइरहेका बेला अध्यक्षद्वय दाहाल र बैद्यबीच गोप्य भेटवार्ता भएको हो ।

प्रतिक्रिया