सेयर रोक्का गरेकोमा गम्भीर ध्यानाकर्षण

citizen-investment-fundकाठमाडौं, २९ फागुन । नागरिक लगानी कोषको आफ्नो सेयर कारोवार रोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोषका सूचना अधिकृत उद्धव सिलवालद्वारा जारी विज्ञप्तिमा नेपाल स्टक एक्सचेञ्जले एक्कासि २७ फागुनदेखि कोषको कारोवार बन्द गरेपछि शुक्रबार ध्यानाकर्षण जनाएको हो ।

सेयर रोक्काको कार्यले समस्त सेयरधनीमा पुग्न गएको क्षतिप्रति कोषले क्षमायाचना गरेको छ ।

नेपाल सेयर मार्केटस एन्ड फाइनान्स कम्पनी लिमिटेडमा कोषको निक्षेप रहेको र उक्त फाइनान्स नेपाल राष्ट्र बैकबाट समस्याग्रस्त घोषण भैसकेको अवस्थामा कोषले निक्षेप उठाउने प्रयोजनको लागि सोही कम्पनीका तत्कालीन अध्यक्ष एवं कार्यकारी निर्देशक योगेन्द्रप्रसाद श्रेष्ठ, उनको परिवार तथा निज संलग्न भएको स्टार होल्डिङ कम्पनीको नाममा रहेको सेयर रोक्का राखेको छ ।

गत १९ माघमा योगेन्न्द्रको सेयर रोक्ब्का गरीसकेको कोषले जनाएको छ । (सौस)

प्रतिक्रिया