कोरियोग्राफर गीता कपूर प्रहरी हिरासतमा

Geeta-Kapur4काठमाडौं, २८ फागुन । बलिउडकी चर्चित कोरियोग्राफर गीता कपूरलाई प्रहरीले पक्राउ गरेको छ ।

गाडी दुर्घटना गराएको आरोपमा आज बिहान मुम्बई प्रहरीले गीतालाई पक्राउ गरेको हो । गाडी आफै चलाएकी गीताले मोटरसाइकललाई ठक्कर दिएकी थिइन् ।

ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । सोही आरोपमा गीतालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गाडीको ठक्करबाट घाइते युवकको अवस्था गम्भीर छ । दुर्घटनाका विषयमा पूरा अनुसन्धान नहुँदासम्म कोरियोग्राफर गीतालाई प्रहरी हिरासतमा राखिनेछ ।

बलिउडका दर्जनौ फिल्ममा नृत्य सिकाइसकेकी गीता रियालिटी शोहरूमा पनि देखिने गरेकी छिन् । उनको माग दिनप्रतिदन बढ्दो छ ।

प्रतिक्रिया