कांग्रेस–एमालेले धोका दिए : राई

ashok rai

दमक, २८ फागुन । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संघीय संविधान निर्माणका लागि चुनावमा भोट मागेका कांग्रेस र एमालेले अहिले आएर जनतालाई धोका दिएको बताएका छन् ।

दमकमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले कांगे्रस–एमालेले पहिचान र संघीयतासहितको संविधान दिने भन्दै जनतालाई भोट मागे पनि अहिले आएर संघीयताको मुद्दालाई बेवास्ता गरेको आरोप लगाए । उनले ३० दलीय मोर्चा हदैसम्मको लचक हुदा पनि कांग्रेस–एमाले ९ बुदे सहमतिमा अडिग रहेको खुलाए ।

प्रतिक्रिया