कञ्चनपुरको जिल्ला परिषदमा पाँच अर्ब बढीको बजेट

भीमदत्तनगर, २८ फागुन । जिल्ला विकास समिति कञ्चनपुरको आठौँ जिल्ला परिषदबाट आगामी आर्थिक वर्षका लागि पाँच अर्बबराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

मङ्गलबार महेन्द्रनगरमा आयोजित परिषदमा स्थानीय विकास अधिकारी मोहन पौडेलले आगामी आव २०७२/०७३ का लागि पाँच अर्ब, ३५ करोड ९५ लाख ८६ हजारबराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

जसमा जिल्ला विकास समितिका आन्तरिक स्रोततर्फ चार करोड ६० लाख र चालुतर्फ २२ करोड ९३ लाख ५६ हजार तथा पुँजीगततर्फ ४४ करोड ७१ लाख २५ हजार स्थानीय विकास अधिकारी पौडेलले जानकारी दिए ।

बजेटमा सडक, सिँचाइ, खानेपानी, शिक्षा, सचेतना, रोजगारी तथा सुकुम्बासी, हलिया, वादीलगायतका समुदायलाई पनि समेटिएको छ ।

प्रतिक्रिया