जरीन अब तेलुगु फिल्ममा खेल्ने

Zarine-Khan-Holding-Bookमुम्बई । नायक सलमान खानले बलिउड भित्र्याएकी अभिनेत्री जरीन खान तेलुगु फिल्म खेल्ने तयारीमा छिन् ।

हुन त बलिउडमा धेरै अभिनेत्री तेलुगुबाट आएका छन् । तर जरीन भने बलिउडबाट तेलुगुमा भित्रन थालेकी हुन् । उनी पछिल्लो समय बलिउडमा फुर्सदिली नायिकामा पर्ने गर्थिन् ।

नाम सार्वजनिक नगरिएको एक तेलुगु चलचित्र अभिनयका लागि उनले तयारी गरिरहेकी छन् ।

चलचित्रमा मिका श्रीकान्त मुख्य नायकको रुपमा रहने छन् । मिकाकै अपोजिट भूमिकामा जरीन छनौट भएकी हुन् ।

जरिन पनि चलचित्रको मुख्य भूमिकाको लागि छनौट भएकी छन् । यो महिनाको अन्त्यबाट चलचित्रको छायांकन सुरु हुने बताइएको छ ।

बलिउडमा आफ्नो अलग पहिचान बनाउन सफल जरीनले तेलुगुमा पनि छिट्टै छाप छोड्ने अनुमान गरिएको छ ।

चलचित्र सुधिर राजुको निर्देशनमा बन्न लागेको हो । चलचित्रको भब्य सुरुवात गर्ने तयारी भइरहेको छ । यसलाई एसएन रेड्डीले बनाउन लागेका हुन् ।

चलचित्रमा एस्थर नोरोन्हा र प्राची सिंहको पनि महत्वपूर्ण भूमिका रहनेछ । मिका यसमा प्रेमीको भूमिकामा देखिने छन् । जरीन उनलाई साथ दिने प्रेमीका बन्दैछिन् ।

जरीन अहिले ‘द लीजेन्ड अफ माइकल मिश्रा’ र ‘अमर मस्ट डाई’ अभिनयमा ब्यस्त छिन् । यी चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । एजेन्सी

प्रतिक्रिया