काठमाडौं । ‘मिस्टर नेपाल २०१’ को अन्तिमस्पर्धा आगामी चैत २२ गते हुने भएको छ ।
पुरुषहरुको प्रतिभा निखार्ने उदेश्यले आयोजित प्रतियोगीको अन्तिम तयारी पूरा भएको आयोजकको भनाइ छ ।
देशका प्रमुख शहर काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरानलगायतका मुख्य शहरहरमा आयोजित अडिसनबाट छानिएका ४० प्रतियोगी अन्तिमस्पर्धाका लागि तयारी गरिरहेका छन् ।
प्रतियोगीहरुले तयारी गरेको कोरियोग्राफर चादनी लामिछानेले जानकारी दिइन् । लामिछानेले प्रतियोगीहरुलाई गाईड गरिरहेकी छन् ।
अन्तिम तयारीका क्रममा प्रतियोगीले स्वमिङ, फुटबल, रक क्लाइसम्बङ्, समाजसेवा, सर्ट हाइकिङ्ग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ्, गुरमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण लिएका छन् ।
प्रतिक्रिया