पाकिस्तानमा यात्रुबाहक बसमा दुर्घटना

pakistan copyकराँची, ७ वैशाख । पाकिस्तानको कराँची शहरमा एउटा यात्रुबाहक बस ट्रयाक्टरसँग ठोकिदा भएको दुर्घटनामा कम्तिमा ४२ जनाको मृत्यु भएको छ । दक्षिणी शहर कराँचीमा भएको सो दुर्घटनामा मारिनेमध्ये १४ बालबालिका र १३ महिला पनि रहेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।
सिन्ध प्रान्तको सुकुर शहरमा सो दुर्घटना भएको हो । दुर्घटनामा बसका चालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक भने घाइते भएका छन् । मृत्यु हुने र घाइते हुने सबै बसका यात्रु रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने अझै खुलेको छैन ।
घाइतेहरुको अवस्था पनि गम्भिर रहेको बताइएको छ । मृत्यु हुनेमा एकै परिवारका ६ जना पनि परेको बताइएको छ । पाकिस्तान पनि विश्वमा विभत्स सडक दुर्घटना हुने देशहरुमध्ये पर्दछ । कमजोर सडक, मर्मत नगरिएका गाडी र अभद्र चालकका कारण पनि पाकिस्तानमा धेरै दुर्घटना हुने गरेको अध्ययनमा देखिएको छ ।

प्रतिक्रिया