आर्यन विवाह बन्धनमा

aaryanकाठमाडौं, ६ बैशाख । अभिनेता आर्यन सिग्देल आफ्नी प्रेमिका सपना भण्डारीसँग शनिवार बिबाह बन्धनमा बाधिएका छन् । नेपाली सिनेमाका चकलेटी अभिनेताको उपाधी पाएका सिग्देल ३२ वर्षको उमेरमा बैबाहिक जीवनमा बाधिएका छन् ।
अभिनेता आर्यन र उनका बेहुली ६ वर्षले कान्छी रहेकी छिन् । २६ वर्षकी सपनालाई लिन अभिनेता आर्यन थानकोटस्थित आफ्नो घरबाट बानेश्वरको एक ब्याङक्वेटमा पुगेका थिए । करिब ३ सय जन्ती सहित आर्यन सपनालाई लिन पार्टी प्यालेसमा पुगेका हुन् । सपनाको घर जोरपाटी हो । अभिनेता आर्यनले बिहेमा दौरा सुरुवाल र ढाकाटोपी लगाएका थिए । अभिनेता आर्यन र सपनाको बिहेको माहोल राम्रो रहेको थियो । अभिनेता आर्यनले श्रीमती सपनाको सिउदोमा सिन्दर हाल्दै बिहेसँगै नयाँ जीवन सुरु भएको प्रतिक्रिया दिए । बिहेमा आर्यनका निकटत साथी तथा आफन्त मात्र सहभागी थिए । चलचित्रकर्मीहरुलाई भोली हुने बिहे भोजमा मात्र निम्तो गरिएको छ । आर्यन र सपनाले गतबर्षको दशैमा इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया