माग्ने र तक्मे बुढा मेरी बास्सैबाट बाहिरिए

mangne takmeकठमाडौं, ४ बैशाख । चचिर्त हाँस्य सिरियल ‘मेरी बास्सै’का दुई चचिर्त पात्र माग्ने बुढा र तक्मे बुढा अहिले देखिन छाडेका छन् । तक्मे बुढा अर्थात विल्सन विक्रम राई र माग्ने बुढा अर्थात केदार घिमिरे हाँस्य सिरियलमा नदेखिएपछि विभिन्न खालका चर्चा पनि हुने गरेका छन् ।
केही दिन अगाडीसम्म केदार र विल्सनले अभिनय गरेका केही पुराना दृश्यहरु प्रशारण भएको थिए । तर गतहप्तादेखि ती दृष्य पनि रोकिएको छ । तक्मे र माग्ने बुढाले नयाँ दृश्य खिच्न अस्विकार गरेपछि यस्तो परिस्थिती सिर्जना भएको वुझिएको छ । विगत ८ महिनादेखि ‘मेरी बास्सै’का कलाकारले तलब पाएका छैनन् । जसका कारण केदार र विल्सनले तलब नपाएसम्म नयाँ दृश्य नखिच्ने अडान लिएका हुन् ।
तर यसको निर्माण कम्पनी मिडिया हबले भने नयाँ दृश्य खिचेर ल्याउन आग्रह गरेको थियो । तलब नपाएपछि विल्सन र केदार घिमिरेले नयाँ सिरियल बनाउने तयारी गरेको श्रोतले बताएको छ । अहिले धुर्मुस अर्थात सिताराम कट्टेलको मात्र दृश्य समावेश गरिएको भाग प्रशारण भैरहेको छ । सिरियलमा सुन्तलीको भूमिकामा देखिने उनकी पत्नी कुन्जना घिमिरे पनि सन्तानलाभका कारण पछिल्ला दुइ महिनादेखि सिरियलमा देखिएकी छैनन् ।

प्रतिक्रिया