नेतृत्व चयन गर्दै महासंघ

caption copyकाठमाडौ, २८ चैत । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ४८औँ वाषिर्क साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०७० को शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै नेम्वाङले लामो समयदेखिको राजनीतिक अस्थिरताले देशको आर्थिक विकासको क्रम प्रभावित भएको धारणा राखे । उनले देश राजनीतिक स्थिरताका लागि अघि बढिरहेको बताउँदै विगतको संविधानभाको उपलब्धिको स्वमित्व ग्रहण गर्दै संविधान निर्माणको कार्यलाई एक वर्षमा सम्पन्न गर्ने लक्ष्य वर्तमान संविधानसभाले राखेको बताए ।
अध्यक्ष नेम्वाङले औधोगिकीकरणका माध्यमबाट देशको आर्थिक समुन्नतिका लागि महासङघले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि सरकार र महासंघबीच आर्थिक समुन्नतिका लागि सहकार्य हुने विश्वास व्यक्त गरे ।
महासंघका अध्यक्ष सुरज वैद्यले राजनीतिक दलबीचको खिचातानी र असमझदारीबाट देशलाई असफल पार्न नहुने धारणा राख्दै संविधानसभाको सफलताले देशलाई आर्थिक एवं व्यावसायिक उन्नतितर्फ लैजाने विश्वास व्यक्त गरे । उनले भने, ‘देशमा निर्यात वृद्धिका लागि लगानी तथा प्रतिफल उन्मुख रणनीति तयार गरी युद्धस्तरमा निर्यात वृद्धीका लागि काम गर्नुपर्ने बेला आइसकेको छ ।’
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले देशको आर्थिक विकासका लागि सरकारले दन्डहिनताको अन्त्य र कामगर्ने वातावरणको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । आजसम्म चल्ने साधारणसभाले महासंघको आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष कर्णिकार र प्रदिपजंग पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया