अमेरिकाको स्कुलका अन्धाधुन्द छुरा प्रहार

america chura praharपेन्सिलभेनिया, २६ चैत । अमेरिकाको पेन्सिलभेनियामा रहेको एक स्कुलमा एक छात्रले अन्धाधुन्द छुरा प्रहार गर्दा कम्तीमा २० जना घाइते भएका छन् । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार फ्रेङ्कलिन रिजनल हाइस्कुलमा भएको सो घटनामा संलग्न भएको आरोपमा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती विद्यार्थीले प्रहार गरेको छुराबाट घाइते हुनेहरूको उमेर १४ देखि १७ वर्षसम्मका भएको बताइएको छ ।
घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । घटनापछि पिट्सबर्ग नजिकै रहेको सो स्कुल बन्द गरिएको छ । घटनाको बारेमा छानविन भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न विद्यार्थीबारे भने अहिलेसम्म केही पनि सार्वजनिक गरिएको छैन । उनले हातमा दुईवटा छुरा लिएर अन्धाधुन्द प्रहार गर्दै हिडेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमहरूले जनाएका छन् । घाइते हुनेमध्ये एक जना सुरक्षा गार्ड पनि भएको बुझिएको छ ।

प्रतिक्रिया