काठमाडौं, २१ चैत । नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीनबर्षे कार्यकालको नयाँ नेतृत्व चयनका लागि औपाचरिक रुपमा चुनाबी प्रक्रिया सुरु भएको छ ।
२९ चैत्रमा हुने महासंघको चुनावको लागि अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार र उपाध्यक्ष प्रदीपजंग पाण्डे दुवैले उम्मेदवारी दर्ता गराएका छन् । राजकर्णिकार नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका, जिल्ला–नगर उद्योग वाणिज्य संघतर्फबाट उपाध्यक्षमा डिबी बस्नेत, वस्तुगततर्फको उपाध्यक्षमा उदयराज पाण्डे तथा एशोसिएटतर्फको उपाध्यक्षमा शेखर गोल्छाले मनोनय दर्ता गराएका छन् ।
यस्तै पाण्डे नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा भवानी राणा, जिल्ला–नगर उद्योग वाणिज्य संघतर्फबाट उपाध्यक्षमा किशोर प्रधान, वस्तुगतबाट उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसिएट तर्फबाट उपाध्यक्षमा विके श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् । महासंघमा ९१ वस्तुगत संघ, ९३ जिल्ला नगर उद्योग वाणिज्य संघ र ६ सय बढी एशोसिएट सदस्य आवद्ध छन् ।
प्रतिक्रिया