संखुवासभाले राष्ट्र निर्माण गर्ने छ

dipak_khadkaसंखुवासभा जिल्लाको कांग्रेसी परिवारमा जन्मी हुर्किएका दिपक खड्काले सानै देखि राजनीतिक गतिबिधि नजिकबाट अनुभव गरें । बाबु बाजेले गरेको कांग्रेसी राजनीतिक माहौल उनका लागि शिक्षा बन्यो । बिद्यार्थी जीवनबाट राजनीतिमा लागेका खडकाले नेपाल बिद्यार्थी संघबाट संगठित राजनीतिक यात्रा सुरु गरे । युवा अवस्थाबाट समाजका लागि केही गर्ने उत्कट अभिलासा बोकेका खडकाले राजनीतिलाई गतिलो माध्यम ठानें । समाजको आमूल परिवर्तन राजनीतिबाट मात्र सम्भव देखेका उनीे जिल्लामा रहेका विकासका अनेकौं सम्भावनालाई पुरा गर्न अगाडि वडे । दोस्रो संविधानसभा निर्वाचनमा संखुवासभा क्षेत्र नम्बर दुईबाट निर्वाचित खड्का यति बेला संविधान निर्मार्ण र जिल्लाको विकासमा केन्द्रित छन् । यसै सेरोफेरोमा सौर्य दैनिकसंग गरिएको संवाद:
यति बेला मेरा सामु संविधान निर्माण सबै भन्दा ठूलो जिम्मेवारी छ । जनताले संविधान बनाउन जिताएर पठाए । म जनताले म प्रति देखाएको त्यो बिश्वास पुरा गर्न चाहन्छु । निर्वाचनका बेला गाउँको अग्रज बुवा आमाहरुले भनेको बिर्सेको छैन । सबैले भनेका थिए –बाबु पहिलो प्राथमिकता संविधान हो । हामीलाई संविधान चाहिएको छ, त्यो काम पुरा गर्नु । मेरो क्षेत्रका जनताका लागि पहिलो प्राथमिकता संविधान हो त्यस पछि विकास । म जनताका तिनै चाहना पुरा गर्न आफ्नो हैसियतले भ्याएसम्म लाग्ने छु । जनताको अपेक्षा पुरा गर्नु मेरो पहिलो कर्तब्य हो ।
संविधानसभामा सबै भन्दा ठूलो पार्टी भएको कारण सबै पार्टीहरुलाई मिलाएर संविधान निर्माणमा अगुवाई गर्ने दायित्व नेपाली कांग्रेसको काँधमा छ । मलाई विश्वास छ नेपाली कांग्रेसले त्यो दायित्व पुरा गर्ने छ भन्नेमा । कांग्रेसले आफ्नो दायित्व पुरा गर्न लाग्दा कयौलाई लाग्न सक्छ कतै ठूलो पार्टी आफै अलमलमा परेको हो कि भन्ने । तर, त्यो होइन नेपाली कांग्रेसले स्थापना देखिनै नेपालको राजनीतिमा अभिभावकको भूमिका निर्वाह गर्दै आएको छ । र त्यो भूमिकाबाट कहिल्यै पछाडि हट्ने छैन २००७ साल देखि ०६२/०६३ सालसम्म भएका आमूल परिवर्तनकारी आन्दोलनको अगुवाइ नेपाली कांग्रेसले गरेको थियो । यसले के स्पष्ट गर्छ भने नेपाली कांग्रेस नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम छ ।
विगतको संविधानसभाले संविधान दिन नसकेका कारण जनतामा अब पनि संविधान बन्दैन कि भन्ने आशंका रहनु स्वभाबिकै हो । तर, सधै शंका गर्नु हुदैन । यति बेल संविभानसभामा रहेका दल र तिनका नेता गम्भीर बनेका छन् । जनतालाई कुनै पनि हालतमा संविधान दिनु पर्छ भन्ने विषयमा । त्यसैले अव सबै क्षेत्रबाट सकारात्मक सुझाव आवस्यक छ । शंका मात्र हैन यो संविधानसभमासंग जनताले संविधान बनाउने कुरामा विश्वास गर्नु पर्छ । सबैले सकारात्मक सोचेर अगाडि बढ्ने हो भने संविधान नबन्ने प्रश्ननै उठ्दैन ।
संविधानसभामा भिन्न–भिन्न बिचार सिद्धान्त भएका पार्टीहरु छन् । तिनै पार्टीहरुको सहकार्यमा संविधान निर्माण गर्ने हो । नेपाली कांग्रेसले सबैको बिचार र भावनाको सम्मान गर्दै संविधान निर्माणमा नेतृत्व गर्ने छ । संविधान निर्माणको गति अगाडि बढि सकेको छ । अब रोकिदैन र कसैले शंका पनि गर्नु हुदैन । यति बेला संविधान निर्माण नियमावली बनि सकेको छ । यो संविधान निर्माणको पहिलो प्रक्रिया हो । पहिलो संविधानसभाले यह िकाम गर्न लामो समय लगाएको थियो । अहिले सो कार्य सम्पन्न भएको छ ।
संविधानसभामा भएका सबै पार्टीहरुले बहुदलीय लोकतन्त्र र गणतन्त्रलाई स्वीकार गरी सकेका छन् । राप्रपा नेपाल जस्तो पार्टीले पनि धार्मिक बिषय बाहेक अन्य बिषयमा आफूलाई परिवर्तन गरेको छ । बिगतको सिंविधानसभामा उठेका जातिय मुद्धालाई यो पटक जनताले अस्वीकार गरी सकेका छन् । यो बिषय अब किनारा लागि सकेको छ । जनताले अस्वीकार गरेका कुरा पार्टीहरुले पनि बोक्नु हुदैन भन्ने सोच्नु पर्छ । मलाई त्यस्ता पार्टीले सोची सकेको छन् भन्ने लाग्छ । राजनीति गर्नेले जनताको चाहना अनुसार गर्ने हो । जनताको चाहना नै नभएको बिषयमा रटान लगाएर संविधान निर्माणमा कसैले अवरोध गर्लान भन्ने लाग्दैन । यी कुराहरुले नेपाली कांग्रेसलाई अगाडि बढ्न सहज भएको छ । अव संविधान बनाउने बिषयमा सबै दलहरुको बिचमा एकता भएको छ । यस बिषयमा सबै दलका शीर्ष नेताहरु गम्भीर छन् । दलहरु बिच भएका सहमतीलाई निष्कर्षमा पुर्‍यान मात्र बाँकी छ । नेताहरुको गाम्भीरताले संविधान बनाउने बिषयमा धेरै आधारहरु बनाएको छ । अहिले असी प्रतिशत काम सम्पन्न भइसकेको अवस्था छ । बाँकी काम मस्यौदा समितीले सुरु गरेका छन् ।
यो संविधानसभाले जनतालाई संविधान दिन सकेन भने नेपाली जनताका लागि ठूलो अन्याय हुनेछ । बिगतको भोगाइले पनि हामीले धेरै पाठ सिकेका छौं । नेपाल जस्तो देशमा दुई पटक संविधानसभाको निर्वाचन हुनु आर्थिक रुपले दुखद कुरा थियो । तर, हामीले त्यो दुखद कुरा भोगी सकेका छौ । अबको दिनमा जनताका लागि सुखद दिनको अनुभूति गर्ने वातावरण तयार गर्नु पर्छ । त्यो दायित्व सबै राजनैतिक पार्टीहरुको हो । यसमा दलका नेता र सभासदहरु चुक्नु हुदैन भन्ने विश्वास मैले लिएको छु ।
यो संविधानसभा प्रति जनताले आसा गर्ने आधार के पनि हो भने –यति बेला सानो र छरितो समितीहरु बनेका छन् । जसले काम गर्न र निर्णयमा पुग्न धेरै सहजता बनाउने छ । गएको संविधानसभामा ठूला समितीहरु भएका कारण कयौ बिषयमा सहमति गर्न र निर्णयमा पुग्न बिवादले दिएन । अब त्यस कुरामा सबै पार्टी र नेताहरु सचेत भएकाछन् । बिगतमा भएका समहतिलाई समाबेश गरेर जाने कुरामा सबै पार्टीको एक मत छ । जसले संविधान निर्माण हुनेमा धेरै आधार बनाएको छ । मलाई ब्यक्तिगत रुपमा पनि खुसी लागेको छ संविधान निर्माणको प्रकृया सुरु भएकोमा । यदि केही विषयमा सहमति हुन सकेन भने ती विषयलाई जनमत संग्रह मार्फत टुंग्याउने कुरामा पनि सबै पार्टी सहमत भएकोले अब सकारात्म पाटोलाई मात्र हेर्नु पर्छ । फेरि पनि हुदैन कि भन्ने आशंकाहरु पूर्ण रुपले अन्त्य भएका छन् ।
मलाई यति बेला दुइवटा कुराले गौरवको अनुभूति गराएको छ । पहिलो कुरा संविधान वनाउने गौरवमय स्थानमा जनताले जिताएर पठाएका छन् । जनताले संविधान बनाउने गौरवमय जिम्मेवारी सुम्पिएका छन् । दोस्रो म जुन जिल्लामा जन्मे त्यो जिल्ला प्राकृतिक रुपमा सम्भावना नै सम्भावना भएको जिल्ला हो । हामी नेपालीहरु आज आधा समय भन्दा बढि लोडसेडिङ्गमा बस्न बाध्य छौं । अहिलेको युग भनेको विज्ञान र प्रबिधिको युग । हो जसका लागि हरेक समय बत्ति आवस्यक हुन्छ । तर, हाम्रा स्रोत र साधनलाइ हामीले उपयोग गर्न सकेका छैनौं । मेरो जिल्लामा अरुण नदी बगेको छ । यो नदीले आफू भित्र अथाह करेन्ट बोकेर बगेको छ । जसको सहिरुपमा उपयोग गर्न सक्ने हो भने सारा नेपाल झलमल्ल हुने छ । तर, हामी आफ्नो अगाडि बगेको खोला हेरेर अध्यारोमा बस्न बाध्यछौं । म जनताबाट निर्वाचित प्रतिनिधि भएकोले जनताले मसंग संविधान निर्माणका साथै स्थानीय बिकासको बारेमा धेरै अपेक्षा गरेका छन् । मैले जनताको त्यो अपेक्षा पुरा गर्नु छ । वास्तवमा संखुवासभाका जनता अरुणमा बिद्युत आयोजनाहरु कहिले निर्माण होला भनेर पर्खीरहेका छन् । मैले जनताको त्यो आकांक्षा पुरा गर्नु पर्छ भन्ने सोचेको छु ।
जनताले हामीसंग जति अपेक्षा गरेका हुन्छन त्यो अनुसार काम गर्न कठिन छ । हामी संविधानसभामा जान्छौं जनता हाम्रो आवाज सुन्न उत्साहित भएर बस्छन् । बोल्नु पर्ने र उठाउनु पर्ने धेरै बिषय हुन्छन । तर, समय एक मिनेट पाईन्छ । संबोधन गर्दैमा समय जान्छ । बिषय प्रबेश भएकै हुदैन । जनतालाई लाग्न सक्छ केके न गर्छु भनेर जित्यो, तर, आफ्नो क्षेत्रको कुरै उठाएन भन्ने । संविधानसभामा आफ्ना कुरा राख्न नपाए पनि मैले जिल्लाको बिकास र सम्भावनाको बिषय सम्बन्धीत ठाउँमा राख्ने गरेको छु । सम्बन्धीत मन्त्रालय, योजना आयोग जस्ता ठाउँमा जिल्लाको विकास योजना बारे जमेर कुरा गरेको छु । यदि प्रयास गरे जति काम गर्न सकियो भने जनताले बुझने छन् । हामीले जिताएर ठिकै गरेछौं भन्ने । त्यो सबै समयले देखाउने छ ।
मैले बुझे अनुसार अरुणको सम्पूर्ण कार्य यदि बिश्व बैंकले गर्ने हो भने त्यो सबै भन्दा सस्तो र राम्रो हुने छ । यदि त्यसो भयो भने काम पुरा हुनेमा बिस्वस्त हुन सकिन्छ । विश्व बैंकको काम अरुको भन्दा छिटो र छरितो हुनेमा म बिश्वस्त छु । यदि त्यसमा सबैले सहयोग गर्न सकियो भने नेपालले ठूलो उपलब्धी हासील गर्ने छ । अहिले हामीले आधा दिन र आधार रात बिजुलीबिना बिताउनु पर्ने समयको अन्त्य हुने छ । तर, जनप्रतिनिधी र विकास प्रेमी सबैले यस विषयमा गम्भीरता पूर्वक सोच्नु र लाग्नु पर्छ ।
संखुवासभामा अरुणका साथै अन्य थुप्रै साना जलबिद्युतको सम्भावना छ । पर्यटकीय रुपमा विकास गर्न सकिने धेरै स्थान र आधारहरु छन् । जडिबुटी अत्यन्तै धेरै भएको जिल्ला पनि हो संखुवासभा । तर, हामीले कयौ चिज चिन्न सकेका छैनौ । कयौ चिज चिनेर पनि त्यसको उपयोग गर्न सकेका छैनौं । यदि जडिबुटीको प्रसोधन केन्दं बनाएर खेर गएका वा चोरी तस्करी भएका जडिबुटीको उपयोग गर्ने हो भने राज्यको साथै स्थानीय जनताले धेरै लाभ लिने छन् । सबै भन्दा बढि प्रजातिका लालीगुराँस भएको जिल्ला पनि हो संखुवासभा । यसै गरी लोपोन्मुख पुतली र जनावर पनि संखुवासभामा प्रसस्त छन् । हामीले स्थानीय भाषामा झार भनेर चिनीने ‘चिरैतो’ काठमाण्डौंबाट गएका हेलीकप्टरले बोकेर तिब्बतको किमाथाङ्गसम्म पुर्‍याउने गरेको सर्बत्र चर्चा सुनिन्छ । यसले सहजै अनुमान लगाउन सकिन्छ कि चिरैतो अमुल्य जडिबुटी अन्तर्गत पर्छ । हामीले झार भन्ने गरेको चिरैतोको मुल्य कति होला भनेर सोच्नु पर्ने भएको छ । त्यसको मुल्य नभएको भए किन हेलिकप्टरमा ढुवानी हुन्थ्यो ? तर, त्यसलाई नेपालीले चिनेका छैनौ वा चिन्ने प्रयास गरेका छैनौं । संखुवासभामा त्यस्ता हेलीकप्टर लगेर ल्याउनु पर्ने औषधीजन्य धेरै जडिबुटी छन् । तर, त्यसै खेर गइरहेको अवस्था छ । म सरकार र सम्बन्धीत निकायलाई आग्रह गर्न चाहन्छु हामीलाई सम्पन्न बनाउन सक्ने तर त्यसै खेर गएका बस्तुहरुको राज्यले संरक्षण र उपयोग गर्नु पर्छ भन्ने । म त्यहाँको प्रति निधि भएको नाताले जनताको जीवनमा प्रभाव पार्ने र उनीहरुलाई समृद्ध बनाउने बिषयमा लाग्ने छु ।
जिल्लालाई चिनाउने धेरै आस्थाका पुन्जहरु छन् । पर्यटकीय रुपमा, धार्मीक रुपमा रहेका मठ मन्दीर, गुम्बा । सबै धर्म र आस्था राख्नेहरुका लागि सुहाउने जिल्ला हो संखुवासभा । उत्पादनको दृष्टिले हेर्ने हो भने नेपालको सबै भू–भागमा उत्पादन हुने अन्नवाली त्यहाँ पाईन्छ । तर, त्यसको उचित रुपमा संरक्षण र ब्यवस्थापनको कमी छ । कृषिजन्य उत्पादनका लागि हामीले पुरानै तरिका अपनाउने गरेका छौं । मलाई लाग्छ यो प्रबिधीको युगमा कृषि उत्पादन पनि आधुनिक तरिकाले गर्नु पर्छ । राज्यले उचित रुपमा हेर्ने हो भने संखुवासभाले आफ्नो लागि मात्र होइन सिंगो राज्यको लागि धेरै दिन सक्छ । म आफ्नो कार्यअवधिमा त्यहाँका जनताको जीवनस्तर उकास्न र संखवासभाको विकासको सम्भावनालाई सार्थक बनाउन लाग्ने छु । आफू जन्मेको भूमि र जनताले दिएको जिम्मेवारी पुरा गर्न हरेक रुपमा लाग्नु मेरो दायित्व र कर्तब्य हो ।
यो संविधानुसभामा निर्वाचित सभासदहरु बिभिन्न जातजाति र बिचारका छन् । दलित, जनजाती, मुस्लीम आदिको हकमा सबैको बिचार फरक छ । जातिय आधारमा मुलूकको बिभाजन हुनु हुदैन भन्ने कुरामा भने सबैको एउटै मत छ । नेपाल जस्तो सानो मुलुक जहाँ सय भन्दा बढि जात जातिको बसोवास छ ती सबैलाई मिलाएर सबैको आत्म सम्मान हुने गरी अगाडि बडनु पर्छ भन्नेमा सबैको एक मत छ । बिगतमा एमाओवादीले जातीय कुरा चर्को रुपमा उठायो । त्यति बेला उनीहरुको स्वार्थ थियो जातीय कुरामा जनतालाई अलमल्याउन पाए लामो समय शासन गर्न सकिएला भन्ने । तर, नेपाली जनताले उनीहरुको त्यो चाल समयमानै बुझे र आफ्नो मत त्यसको बिपरित दिए । अहिलेको संविधानसभामा जनताको मत जसरी आएको छ त्यो नेपाली जनताको सुझ बुझ र परिपक्क जनादेश हो । फेरि पनि एमाओवादी यो बिषयमा सकारात्कम र जिम्मेवार नहुने हो भने उनीहरु जुन देशमा राजनीति गर्दै छन् त्यो मुलुक नरहन सक्छ । त्यसैले अब एमाओवादीबाट पुन त्यस्तो गल्ती होला भन्ने मलाई लाग्दैन । र उनीहरुको ब्यवहार पनि परिवर्तन भएको मैले पाएको छु । यसर्थ मलाई विश्वास छ बेलैमा नेपाली जनताले जनअपेक्षित संविधान प्राप्त गर्ने छन र नयाँ नेपालका लागि गतिशिल कार्ययोजनाहरु अगाडि बढने छन् । जसले गर्दा संखुवासभालगायत यो राष्ट्रनै विकसित बन्ने छ ।
:चमिना भट्टराई

प्रतिक्रिया