काठमाडौं ११ चैत्र । नेपाली काङ्ग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले संविधान निर्माण र निरन्तर संवादका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार बसेको ती दलका शीर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो । एमाओवादीले अध्यक्ष पुष्प कमल दाहालको अध्यक्षतामा उच्चस्तरीय राजनीतिक समिति बनाउनु पर्ने माग गर्दै आएको थियो । मंगलवारको बैठकमा पनि उनीहरुले समिति बनाउन आग्रह गरेका थिए ।
सत्ता साझेदार दल कांग्रेस र एमालेको सोमवार सिंहदरवारमा बसेको संयुक्त बैठकले सरकार सञ्चालनलाई सहज बनाउन ‘संयुक्त सरकार समन्वय समिति’ गठन गर्ने निर्णय गरेको थियो । प्रमुख प्रतिपक्ष दल एमाओवादीको समेत उपस्थितिमा मङ्गलवार बसेको बैठकले उक्त निर्णयलाई परिमार्जन गर्दै उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति गरेको हो । ती दलले संविधान निर्माणका लागि सहमतिका आधारमा आगामी १४ चैतसम्म संविधानसभामा संसदीय समितिहरु निर्माण गर्नका लागि नाम दिने सहमति समेत गरेका छन् ।
प्रमुख तीन दलबीचको निरन्तर संवाद र छलफलका लागि उच्चस्तरीय राजनीतिक समिति बनाउने सहमति भएको एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सञ्चारकर्मीलाई जानकारी दिए । यस अघि सोमवार नेपाली कांग्रेस र एमालेले गरेको समन्वय समिति बनाउने निर्णय अनुसार कांग्रेसका तर्फबाट प्रधानमन्त्री एव्म संसदीय दलका नेता सुशिल कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, रामचन्ऽ पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला र लाई राख्ने बताइएको थियो । समितिमा एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष एवम् गृहमन्त्री वामदेव गौतम, संसदीय दलका नेता केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल रहने तय भएको थियो । उक्त समितिलाई सहयोग गर्न एउटा कार्यदल समेत गठन गर्ने निर्णय समेत दुई दलले यस अघि गरेका थिए ।
मङ्गलवारको बैठकमा शान्ति प्रक्रियाका बााकी मुद्दालाई तत्काल अघि बढाउने, संवैधानिक परिषद् गठन गर्ने र अन्य रिक्त पदपूर्तीका विषयमा समेत छलफल भएको नेताहरुले जानकारी दिए । ‘बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी ऐनलाई तत्काल निर्माण गरी अघि बढाउन सम्बन्धित मन्त्रालयलाई सुझाव दिने सहमति भएको छ,’ काङ्ग्रे उपसभापति रामचन्ऽ पौडेलले भने ।
तीन दलका बीचमा भएको छलफलले विगतको चारबुादे सहमतिअनुसार सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगको काम अघि बढाउने विषयमा पनि छलफल गरेको थियो । माओवादी नेता पोष्टबहादुर बोगटीका अनुसार बैठकमा एमाओवादीका मागप्रति दुई दल सकारात्मक देखिएका थिए । एमाओवादीले संविधानसभाको दोस्रो निर्वाचनमा धाादली भएको भन्दै छानविन समिति बनाउानु पर्ने अडान राख्दै आएको छ ।
मङ्गलवारको बैठकमा काङ्ग्रेसका तर्फबाट सभापति एव्म प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्ऽ पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए । एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल र सचिव विष्णु पौडेल सहभागि थिए । त्यसैगरी एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी सहभागि थिए । छलफलमा बााकी रहेका विषय टुङ्गयाउन बैठक बुधवार बिहान ८ बजे पुन: बस्ने भएको छ ।
प्रतिक्रिया