सेनाको हायर कमाण्ड कोर्षमा नाम छनौट

nepal_army copyकाठमाडौं, ११ चैत्र । नेपाली सेनाले पहिलो पटक सञ्चालन हुन लागेको ‘हायर कमाण्ड कोर्षमा’ २० महासेनानीलाई छनौट गरेको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार २० जना इन्फेन्ट्रीबाट र अन्य ५ प्राविधिकबाट पनि समावेश गरीएको छ । २० महासेनानीको नाम सार्वजनिक भए पनि ५ प्राविधिकको नाम भने अझै टुंगो लागेको छैन । सेनाले शैलेन्द्रशम्शेर थापा, संजयसिंह भण्डारी र बालकृष्ण कार्की, जित गुरुङ, सरोजप्रताप राणा र सागर केसीलाई सो प्रशिक्षणका लागि छनौट गरेको हो ।
त्यस्तै तारा पाण्डेय, विनोद पाण्डेय, निरन्जन श्रेष्ठ, भरत पाठक, अजित थापा, ईश्वर मैनाली र सिताराम खड्का पनि सेनाको छनौटमा परेका छन् । त्यसैगरी छनौट हुने अन्य महासेनानीहरुमा सुसिल विसी, भरत खड्का र दिलीप विष्ट रहेका छन् । बैकल्पिकतर्फ भने सुरेश कार्कि, आनन्द अधिकारी, रामनाथ ढुंगाना र नरेश सुब्बा रहेका छन् ।
स्रोतका अनुसार पहिलो पटक प्राविधिकलाई पनि सेनामा उच्च तहको मानिने कोर्समा समावेश गर्न लागिएको हो । ‘कोर्समा सहभागी गराउने नीतिगत निर्णय भएको छ, तर नामको टुङगो भने पछि लाग्छ ।’ सेनाका एक उपरथीले सौर्यसंग भने ।
हायर कमाण्ड कोर्षमा इन्जिनियर, पाइलट, सिग्नल र चिकित्सकबाट समेत सहभागी गराउने सेनाको तयारी छ । नेपाली सेनामा महासेनानीबाट सहायक रथीमा बढुवा हुन ‘हायर कमाण्ड कोर्ष’ लाई अनिवार्य बनाइएको छ । सेनाले उक्त कोर्सको लागी आवश्यक सवै तयारी पुरा गरीसकेको छ ।
सो कोर्षका लागी नेपाली सेनाले नगरकोटमा अध्ययन केन्द्र निर्माण गरिसकेको छ । सेनामा कमाण्ड कोर्ष अध्ययनलाई एमफिल (‘पोष्ट ग्य्राजुएट रिसर्च डिग्री) सरह मानिन्छ । सैनिक प्रवक्ता जगदिश पोखरेलका अनुसार कोर्षको अवधि १२ हप्ताको हुने छ । महासेनानीबाट सहायक रथीमा बढुवा हुन हायर कमाण्ड कोर्षलाई यस अघि अनिवार्य नबनाइएको भएपनि दक्ष अधिकृत उत्पादनका लागी उक्त कोर्ष आवश्यक भएको सेनाको दावी छ ।

प्रतिक्रिया