‘कथाले मागे जत्ति दिने’ फर्मुला अब पुरानो भैसेको धारणा छ नवनायिका समीक्षा अर्यालको । चलचित्र ‘एक्सन’, ‘पाप’, ‘काले’, ‘टाइगर द रियल हिरो’ चार चलचित्रमा अभिनय गर्न भ्याइसकेकी छिन् नवनायिका समीक्षाले । चलचित्र क्षेत्रलाई धेरैले नराम्रो दृष्टिकोणले हेर्ने गरे पनि आफूले भने त्यस्तो नपाएको बताउँछिन्, समीक्षा । समीक्षा अभिनित चलचित्र ‘पाप’ बैशाखमा र ‘टाइगर द रियल हिरो’ श्रावणमा रिलिज रिलिज हुँदैछ । नायिका समीक्षासँग राजेन्द्र कार्कीले गरेको संक्षिप्त कुराकानी–
चलचित्र क्षेत्रमा कसरी प्रवेश पाउनुभयो ?
मैले अभिनय कलाको प्रशिक्षण लिइरहेकी थिएँ । त्यसै समयमा चलचित्र ‘एक्सन’को प्रस्ताव आयो । स्क्रिप्ट हेरेँ, राम्रो लाग्यो । अनि सुरुवात भयो मेरो चलचित्रको यात्रा ।
यस क्षेत्रमा त महिला कलाकारहरुलाई त त्यति सजिलो छैनन् भनिन्छ नि ?
चारवटा चलचित्रमा काम पनि गरिसकेको छु । मलाई त त्यस्तो गाह्रो लागेन ।
यस क्षेत्रमा प्रवेश गर्नलाई निर्माता निर्देशकहरुको इच्छा पूरा गरिदिनु पर्छ भनिन्छ नि ?
पत्रपत्रिकामा त यस्ता कुराहरु धेरै नै पढ्न पाइन्छ । पढेको र सुनेको पनि हुँ । यो क्षेत्र मैले रोजेको अनि रुचिको क्षेत्र पनि हो । सजिलै काम पाइयो । मलाई कसैले पनि त्यस्तो गलत प्रस्ताव राखेका छैनन् ।
चलचित्र क्षेत्रमा मज्जाले जम्न सक्नु हुन्छ भन्ने लागेको छ ?
होइन, काम पाउने एउटा कुरा हो र यसमा जम्नु अर्को कुरा हो । मेहनत र क्षमता त प्रस्तुत गर्नै पर्छ । त्यसैका लागि पनि मैले अहिले नृत्य र मार्शल आर्टको प्रशिक्षण लिइरहेको छु ।
कथाले मागे जति दिन सकियो भने सजिलै जम्न सकिन्छ भन्ने फर्मुला छ नि ?
कथाले मागे जति दिने भन्नाले सबै कुरा गुमाएर त्यस्तो काम गर्न सकिन्न । ग्ल्यामर क्षेत्र भएकाले कथाअनुसार र आफूलाई सुहाउँने चाहिँ गर्नुपर्ने हुन्छ । तर, त्यस्तो फर्मुला अब चल्दैन । त्यस्ता पत्तुर हुँदै गइरहेका हामीले देखेका छौं । त्यो त क्षणिक मात्र हो ।
हाल कुन चलचित्रमा ब्यस्त हुनु हुन्छ ?
अहिले मेरो चलचित्रहरुको रिलिजको पर्खाइका छ । यस क्षेत्रमा सिक्नु र जान्नु पर्ने विषयहरुमा बढी चासो दिइरहेको छु । सुहाउने भूमिका भएको चलचित्रको पर्खाइमा छु ।
नेपाली चलचित्रका दर्शकलाई के भन्न चाहनु हुन्छ ?
समाजलाई नपच्ने चरित्र तथा संवादहरु चलचित्रमा हुनु हुन्दैन भन्ने मेरो पनि मान्यता छ । यो क्षेत्रमा त्यस्ता केहि गलत प्रवृत्ति भएता पनि सबैलाई एउटै नजरले हेर्नु हुँदैन ।
प्रतिक्रिया