सशस्त्र प्रहरीको गाडी दुर्घटना

तनहुँ, २ चैत । तनहुँको दुलेगौडो गाविस वडा नं ३ स्थित हलेदीमा खण्डमा सशस्त्र प्रहरी बलको बा १ ब १८२१ नम्बरको गाडी आइतवार दिउसो दुई बजे दुर्घटना हुँदा २ सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । घटनामा ३१ सशस्त्र प्रहरी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार २ सशस्त्र प्रहरीको मृत्यु घटनास्थलमा नै भएको थियो । मृत्यु हुनेमा जवान महेश श्रेष्ठ र केशव राना रहेको प्रहरीले जनाएको छ । घटनामा अन्य ३१ सशस्त्र प्रहरी घाइते भएका छन ्। घाइतेहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।
राजमार्गमा गुडिरहेको गाडी एक्कासी अनियन्त्रित हुन पुग्दा सो दुर्घटना हुन पुगेको थिया । सो गाडी सशस्त्र प्रहरी बल मनकामना गण भानुबाट पास आउट भएका प्रहरी जवानलाई लिएर पोखरा मालेपाटनस्थित सशस्त्र प्रहरी बल कालिका गण तर्फ जादै थियो । कास्की र तनहुँ सिमास्थित कोत्रे नजिकैको हलेदीमा सो गाडी दुर्घटना भएको थियो । घाईते मध्ये ४ को अवस्था गम्भिर भएको बताइएको छ ।

प्रतिक्रिया