काठमाडौ, २७ फागुन । संविधान प्रमाणीकरण विवादमा काँग्रेस र एमालेबीच सहमति भएको छ । सहमति अनुसार संविधानसभा अध्यक्षले संविधान प्रमाणिकरण गर्ने र राष्ट्रपतिले दस्तखत गरी घोषणा गर्ने बीचको बाटो अपनाइएको हो । यस अघि दुई दल विच प्रमाणिकरण राष्ट्रपतिले गर्ने कि संविधानसभा अध्यक्षले गर्ने भन्ने विषयमा विवाद थियो । समितिभित्र र बाहिर भएका छलफलमा कांग्रेसले संविधान प्रमाणीकरणको अधिकार राष्ट्रपतिलाई दिनुपर्ने अडान र एमालेले पुरानो नियमावलीमा जस्तै उक्त अधिकार सभाध्यक्षलाई नै हुनुपर्ने अडान राख्दै आएको थियो ।
कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको दुई दलको बैठकमा संविधानको मस्यौदामा सभाध्यक्षले प्रमाणित गरेपछि त्यसले वैधानिकता पाउने र त्यसपछि राष्ट्रपतिलाई बुझाइने र राष्ट्रपतिको हस्ताक्षर सहितको घोषणा गरेको व्यहोरा संविधानको अनुसूचीमा राख्ने तथा सार्वजनिक समारोहमा राष्ट्रपतिबाट संविधानको घोषणा गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
लेखकका अनुसार नियमावलीमा प्रमाणीकरण शब्द लेखिन्न र संविधानमा सबै सभासदको हस्ताक्षरको प्रावधान समेटिएको छ । दुई दल अहिलेको संविधानसभा जातिय रुपमा प्रतिनिधत्व गर्ने ‘ककस’ बनाउन नदिने विषायमा पनि सहमत भएका छन् । सविधानसभामा आफ्ना सभासदहरुलाई ह्वीप लगाउने वा नलगाउने बिषयमा दुबै दलहरु यसअघीको नियमावलीमा जस्तै मौन देखिएका छन् । कांग्रेस र एमालेबीच संविधान प्रमाणीकरण विवाद नसुल्झँदा संविधानसभाको नियमावली मस्यौदा समिति अनिणिर्त रहदै आएको थिया े। दुई दलको छलफलबाट सहमति जुट्ने आसमा बैठक स्थगित गर्दै आएको समितिको दोश्रो थप समयावधि मंगलबार सकिएको छ ।
प्रतिक्रिया