काठमाडौं, १८ फागुन । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा आइतबार भारतको राजधानी नयाँ दिल्ली गएका छन् । नियमित स्वास्थ्य उपचारको लागि नेता ओली दिल्ली गएको उनको नीजि सचिवालयले जनाएको छ ।
ओली आइतवार दिउँसो ४ बजे एयर इण्डियाको विमानबाट दिल्ली प्रस्थान गरेका हुन् । ओलीको साथमा उनकी पत्नी राधिका शाक्य, राजेश शाक्य र सहयोगी इन्द्र भण्डारी पनि दिल्ली गएका छन् । ओलीले दिल्लीको म्याक्स अस्पतालमा स्वास्थ्य परिक्षण गर्ने बताइएको छ ।
ओलीले गत वर्ष दिल्लीको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका थिए । यूरिक एसिडको समस्या बल्झिएपछि पछिल्लोपटक ओली काठमाडौंमा ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । आठ दिन अस्पताल बसेर ओली शनिबार मात्र डिस्चार्ज भएका थिए । उनलाई चिकित्सकले थप आराम गर्न सल्लाह दिदैं डिस्चार्ज गरेका थिए । तर आइतवार नेता ओली थप परिक्षणका लागी भन्दै भारत गएका छन् ।
प्रतिक्रिया